रामचन्द्र चन्द र हेमनाथ खरालको ‘आमा, मेरो बाबा खोई’ सार्वजनिक

२०८०, २ श्रावण मंगलवार ११:३६

काठमाडौं। सर्जकहरु रामचन्द्र चन्द र हेमनाथ खरालको मार्मिक लोकगीतको म्युजिक भिडियो रामचन्द्र चन्द युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

आमा मेरो बाबा खोईमा स्वर रामचन्द्र चन्द, सरिता केसी र मनिकला मगरको रहेको छ। शब्द संयोजन हेमनाथ खराल र महेश पुन मगरले गर्नुभएको हो भने निर्माण र निर्देशन हेमनाथ खरालले गरेका छन।

विभिन्न कारणले पितासँग टाढा हुन बाध्य, एक्ली आमाले हुर्काएका सन्तान, आधि उमेरमै देहावसान हुनुभएका पिताको अधुरो सपना, पिता स्वदेश फिर्ता हुँदा सन्तान प्रवास पसिसकेको परिवेशलाई समेटेर लोक श्रजक हेमनाथ खरालले लेखेको मर्मस्पर्शी शब्द रचना आफ्नै लय तथा तयार गर्नुभएको हो।

यो लोक सिर्जना ‘आमा! मेरो बाबा खोइ (बाको खोजी)’ वास्तवमा पिताको महत्व के भन्ने कुरालाई समाजमा जानकारी गराउन यौटा सन्देश मुलक अभिव्यक्तिको रुपमा पस्केको यस गीतका रचनाकार, निर्माता तथा निर्देशक हेमनाथ खरालले बताउनुभयो।

हुन एउटा राम्रो श्रृजनाले देश, काल, परिस्थिति र त्यहाँको समाजको आजको परिवेशलाई चित्रण गरेको हुन्छ। सम्बन्धित पक्षले यो सिर्जनाको सुक्ष्म विश्लेषण र मनन गरोस् भन्ने चाहना राखेको सर्जक खरालले बताउनुभयो।

आउनुहोस् हेरौँ उक्त म्युजिक भिडियो:

Comments

ताजा खबर