बिर्तामोड नगरअस्पतालमा बालरोग विशेषज्ञ सेवा थप,२४ सै घण्टा नर्मल डेलिभरी सेवा

बिर्तामोड । बिर्तामोड नगरअस्पतालमा बालरोग विशेषज्ञ सेवा थप गरिएको छ । असार १ गते शुक्रवार देखि बालरोग विशेषज्ञ सेवा सुरु गरिएको हो । शनिबार बाहेक हरेक दिन विहान १० बजेदेखि दिउँसो १२ बजेसम्म यो सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. सुनिल अधिकारीले जानकारी दिनु भयो । उहाँले बाल रोग सम्बन्धीका रोगहरु अब विशेषज्ञ डाक्टर रविन रेग्मीले जाँच गर्ने बताउनु भयो ।

नगर अस्पतालमा २४सै घण्टा निशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवासमेत सुरु हुने भएको छ । असार ३ गते आइतबार भोली देखि डेलिभरी सेवा सुरु गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिनु भयो ।

उहाँले केहि समयपछि स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा पनि सुरु गर्ने बताउनु भयो । नगर अस्पतालमा सेवा थपिने क्रम बढ्दो छ । आवश्यक पूर्वाधार र सेवा विस्तार हुँदै गएपछि अस्पतालमा दैनिक ३ सय ५० जना भन्दा बढीले विभिन्न प्रकारका सेवा लिइरहेका छन् । अस्पतालमा डाइलोसिस सेवा र २४ सै घण्टा इमरजेन्सी सेवाको तयारी समेत अन्तिम चरणमा पुगेको जनाइएको छ ।

अस्पतालमा हाल दैनिक एमडीजिपी (मेसु) डा. अधिकारी र बालरोग विशेषज्ञ डाक्टर रेग्मी गरी २ जना विशेषज्ञ, ३ जना मेडिकल अधिकृत, ल्याव टेक्नोलोजिष्ट, एसबिए तालिमप्राप्त नर्स सहित ३६ जनाले सेवा दिइरहेका छन् ।
अस्पतालमा सहुलियत दरमा एक्स–रे, भिडियो एक्स–रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधिसहितको प्रयोगशाला ल्याव,बच्चाहरुको नियमित खोपलगायतका सेवाहरु पनि उपलब्ध छन् ।निकट भविष्यमा नै रेबिजको भ्याक्सिन र थाइराइड टेस्टसमेत हुने जनाइएको छ ।

नगर अस्पताललाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन अर्को भवनसमेत निर्माणाधिन अवस्थामा छ । अस्पताल सुविधासम्पन्न भएपछि सर्वसाधारणले निजी अस्पतालहरुमा महँगो मूल्यमा चेकजाँच तथा उपचार गराउनु पर्ने बाध्यता हट्ने आशा गरिएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago