बिर्तामोड नगरअस्पतालमा बालरोग विशेषज्ञ सेवा थप,२४ सै घण्टा नर्मल डेलिभरी सेवा

बिर्तामोड । बिर्तामोड नगरअस्पतालमा बालरोग विशेषज्ञ सेवा थप गरिएको छ । असार १ गते शुक्रवार देखि बालरोग विशेषज्ञ सेवा सुरु गरिएको हो । शनिबार बाहेक हरेक दिन विहान १० बजेदेखि दिउँसो १२ बजेसम्म यो सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. सुनिल अधिकारीले जानकारी दिनु भयो । उहाँले बाल रोग सम्बन्धीका रोगहरु अब विशेषज्ञ डाक्टर रविन रेग्मीले जाँच गर्ने बताउनु भयो ।

नगर अस्पतालमा २४सै घण्टा निशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवासमेत सुरु हुने भएको छ । असार ३ गते आइतबार भोली देखि डेलिभरी सेवा सुरु गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिनु भयो ।

उहाँले केहि समयपछि स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा पनि सुरु गर्ने बताउनु भयो । नगर अस्पतालमा सेवा थपिने क्रम बढ्दो छ । आवश्यक पूर्वाधार र सेवा विस्तार हुँदै गएपछि अस्पतालमा दैनिक ३ सय ५० जना भन्दा बढीले विभिन्न प्रकारका सेवा लिइरहेका छन् । अस्पतालमा डाइलोसिस सेवा र २४ सै घण्टा इमरजेन्सी सेवाको तयारी समेत अन्तिम चरणमा पुगेको जनाइएको छ ।

अस्पतालमा हाल दैनिक एमडीजिपी (मेसु) डा. अधिकारी र बालरोग विशेषज्ञ डाक्टर रेग्मी गरी २ जना विशेषज्ञ, ३ जना मेडिकल अधिकृत, ल्याव टेक्नोलोजिष्ट, एसबिए तालिमप्राप्त नर्स सहित ३६ जनाले सेवा दिइरहेका छन् ।
अस्पतालमा सहुलियत दरमा एक्स–रे, भिडियो एक्स–रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधिसहितको प्रयोगशाला ल्याव,बच्चाहरुको नियमित खोपलगायतका सेवाहरु पनि उपलब्ध छन् ।निकट भविष्यमा नै रेबिजको भ्याक्सिन र थाइराइड टेस्टसमेत हुने जनाइएको छ ।

नगर अस्पताललाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन अर्को भवनसमेत निर्माणाधिन अवस्थामा छ । अस्पताल सुविधासम्पन्न भएपछि सर्वसाधारणले निजी अस्पतालहरुमा महँगो मूल्यमा चेकजाँच तथा उपचार गराउनु पर्ने बाध्यता हट्ने आशा गरिएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago