बिर्तामोड, भुतपूर्व विद्यार्थी समाज महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीले गुरु पूर्णिमाका दिन सम्मान तथा अभिनन्दन कार्यक्रम गर्ने भएको छ ।
गत वर्षझैं यस वर्ष पनि भुतपूर्व विद्यार्थी समाजले सेवानिवृत्त भएका शिक्षक र विद्यालय कर्मचारीहरुलाई सम्मान गर्ने भएको हो । गुरु पूर्णिमाका दिन यही असार १८ गते विद्यालयको प्रांगणमा कार्यक्रम आयोजना गरी ११ जना शिक्षक तथा विद्यालय कर्मचारीलाई सम्मान गरिने समाजका कार्यवाहक अध्यक्ष मदनगोपाल सुब्बाले बताए ।
सेवानिवृत्त भएका ७० वर्ष उमेर पुगेका शिक्षकहरु किशोर प्रसाई , मोहन कुमार पौड्याल , मोहन ओली ,मोहनराज दाहाल , टेकनाथ न्यौपाने , दिलिपकुमार शर्मा , राधिका कुमारी खड्का , लक्ष्मी ढकाल, दलबहादुर पुलामीलाई सम्मान गरिने भएको हो ।
त्यस्तै सेवानिवृत्त भएका विद्यालय कर्मचारीहरु जसबहादुर राई र उनकी पत्नी ज्ञानुमाया राईलाई पनि सम्मान गरिने कार्यवाहक अध्यक्ष सुब्बाले बताए ।
गत वर्ष स्थापना भएको भुतपूर्व विद्यार्थी समाजले निरन्तर रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । यसअघि गत वर्ष पनि भुतपूर्व विद्यार्थी समाजले गुरु पूर्णिमाका दिन ब्रजनन्द झा,मुकुन्द पौडेल ,रामप्रसाद पौडेल, विष्णुकुमार भट्टराई ,निरा प्रधान ,लिला निरौला ,तेजप्रसाद प्रसाई ,श्रीप्रसाद तिम्सिना,देवेन्द्र गौतम र चन्द्रप्रसाद भट्टराई गरी ११ जनालाई नै सम्मान गरेको थियो । कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको कार्यबाहक अध्यक्ष सुब्बाले जानकारी दिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…