भुतपूर्व विद्यार्थी समाजले असार १८ गते पूर्णिमामा गुरु सम्मान गर्ने

बिर्तामोड, भुतपूर्व विद्यार्थी समाज महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीले गुरु पूर्णिमाका दिन सम्मान तथा अभिनन्दन कार्यक्रम गर्ने भएको छ ।

गत वर्षझैं यस वर्ष पनि भुतपूर्व विद्यार्थी समाजले सेवानिवृत्त भएका शिक्षक र विद्यालय कर्मचारीहरुलाई सम्मान गर्ने भएको हो । गुरु पूर्णिमाका दिन यही असार १८ गते विद्यालयको प्रांगणमा कार्यक्रम आयोजना गरी ११ जना शिक्षक तथा विद्यालय कर्मचारीलाई सम्मान गरिने समाजका कार्यवाहक अध्यक्ष मदनगोपाल सुब्बाले बताए ।

सेवानिवृत्त भएका ७० वर्ष उमेर पुगेका शिक्षकहरु किशोर प्रसाई , मोहन कुमार पौड्याल , मोहन ओली ,मोहनराज दाहाल , टेकनाथ न्यौपाने , दिलिपकुमार शर्मा , राधिका कुमारी खड्का , लक्ष्मी ढकाल, दलबहादुर पुलामीलाई सम्मान गरिने भएको हो ।

त्यस्तै सेवानिवृत्त भएका विद्यालय कर्मचारीहरु जसबहादुर राई र उनकी पत्नी ज्ञानुमाया राईलाई पनि सम्मान गरिने कार्यवाहक अध्यक्ष सुब्बाले बताए ।

गत वर्ष स्थापना भएको भुतपूर्व विद्यार्थी समाजले निरन्तर रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । यसअघि गत वर्ष पनि भुतपूर्व विद्यार्थी समाजले गुरु पूर्णिमाका दिन ब्रजनन्द झा,मुकुन्द पौडेल ,रामप्रसाद पौडेल, विष्णुकुमार भट्टराई ,निरा प्रधान ,लिला निरौला ,तेजप्रसाद प्रसाई ,श्रीप्रसाद तिम्सिना,देवेन्द्र गौतम र चन्द्रप्रसाद भट्टराई गरी ११ जनालाई नै सम्मान गरेको थियो । कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको कार्यबाहक अध्यक्ष सुब्बाले जानकारी दिए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago