१६ हजारले घट्याे पाल्पाकाे जनसंख्या

पाल्पा जिल्लाकाे जनसंख्या २ लाख ४५ हजार २७ रहेको छ भने राष्ट्रिय जनगणना २०६८ काे भन्दा १६ हजार १५३ ले जनसंख्या घटेको छ

पाल्पा ३ असार । राष्ट्रिय जनगणना २०७८ अनुसार पाल्पामा जनसंख्या घटेको छ । राष्ट्रिय जनगणना २०६८ काे भन्दा १६ हजार १५३ कम रहेकाे नितजा सार्वजनिक गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को पाल्पा जिल्ला स्तरीय नतिजा अनुसार जिल्लाको जनसंख्या २ लाख ४५ हजार २७ रहेको छ । २०६८ मा  २ लाख ६१ हजार १८० जनसंख्या रहेको विवरणा तथ्यांक कार्यालय पाल्पाले  सार्वजनिक गरेकाे छ ।

जिल्लामा महिलाको जनसंख्या बढी रहेको छ । १ लाख ३२ हजार २६६ महिला र १ लाख १२ हजार ७७६ पुरुषको संख्या रहेको तथ्यांक छ । १० वर्षको अन्तरालमा महिलाको संख्या बढी घटेको छ । राष्ट्रिय जनगणना २०६८ र २०७८मा तुलना गर्दा १३ हजार ७४ महिलाको संख्या घटेको छ । ३ हजार ६४ पुरुषको संख्या घटेको छ। जनसंख्या वृद्धिदर –०.६१ प्रतिशत रहेको छ । परिवार संख्या भने बढेको छ। राष्ट्रिय जनगणना २०७८ मा ६५ हजार ४९ परिवार संख्या रहेको छ । २०६८ मा ५९ हजार २९१ परिवार संख्या रहेको थियो । ५ हजार ७५८ घर परिवार संख्या वृद्धि भएको पाण्डेले बताउनुभयो । यहाँ जनघनत्व १७८ रहेको छ । ८३.६७ प्रतिशत साक्षरता दर रहेको छ । विदेशमा बस्ने जनसंख्या ३० हजार ६९८ रहेको छ । २७ हजार ७८६ पुरुष र २ हजार ९१२ महिला विदेशमा बस्ने गरेका छन् । राष्ट्रिय जनगणना २०६८ को भन्दा अहिलेको जनगणनाअनुसार अक्सर विदेशमा बस्नेको जनसंख्या कम देखिन्छ । २०६८ मा ३९ हजार ५०४ जनसंख्या अक्सर विदेशमा बस्ने तथ्यांकमा उल्लेख थियो । यसरी हेर्दा ८ हजार ८०६ जनसंख्या घटेको छ। अपांगता भएको जनसंख्या ७ हजार ७१९ रहेको छ।

जिल्लामा २ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् । स्थानीय तहअनुसारको तुलना गर्दा सबैभन्दा बढी जनसंख्या तानसेन नगरपालिकाको रहेको छ । तानसेनमा ५० हजार ७९२ जनसंख्या रहेको छ । सबैभन्दा कम रिब्दीकोट गाउँपालिकामा १५ हजार ४७३ जनसंख्या रहेको छ । रामपुर नगरपालिकामा ४० हजार ८८३, रैनादेवी छहरा गाउँपालिकामा २३ हजार १४९, बगनासकाली गाउँपालिकामा १८ हजार ५९७, माथागढी गाउँपालिका २४ हजार ४३, निस्दी गाउँपालिका १८ हजार १२०, पूर्वखोला गाउँपालिका १६ हजार ५२, रम्भा गाउँपालिका १७ हजार १५५, तिनाउ गाउँपालिकामा १७ हजार ७७७ जनसंख्या रहेको तथ्यांकमा उल्लेख रहेको छ।

bhabindra gautam

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago