नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले उकालो वृद्धि

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलब ३२ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २३ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलब १८ मा पुगेको छ। कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ।

कूल ४४ लाख २२ हजार एक सय ८६ कित्ता शेयर रु एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार तीन सय ८८ मूल्यमा खरिद बिक्री भएका छन्।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको रु आठ करोड ६३ लाख ४८ हजार चार सय ३६ बराबरको कारोबार भएको छ। शिवम् सिमेन्ट रु सात करोड ११ लाख १० हजार चार सय ८०, एनआइसी एशिया बैंक रु छ करोड ७६ लाख ७१ हजार सात सय ७६, एभरेष्ट बैंक रु तीन करोड ५९ लाख ८४ हजार र नागरिक लगानी कोष रु तीन करोड ४५ लाख २१ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार, हिमालयन ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

यस्तै, शिव श्री हाइड्रोपावर आठ दशमलब १४, गणपति लघुवित्त सात दशमलब ८३ र श्वेत गङ्गा हाइड्रोपावरको शेयर मूल्य सात दशमलव शून्य चार प्रतिशतले बढेको छ।

त्यस्तै, एनआइबीए ग्रोथ फण्ड तीन दशमलब १४, हिमालयन बैंकको ऋणपत्र एक दशमलब ९९, एनएमबी पचास एक दशमलब एक दशमलब ९६, सामुदायिक लघुवित्त एक दशमलब ९६ र किसान लघुवित्तको शेयर मूल्य एक दशमलव ९१ प्रतिशतले घटेको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago