कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता हुने

पाल्पा, ४ जेठ । लामो समय पछि पाल्पाको तानसेन टुँडिखेल मैदानमा कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता हुँदै छ ।


यही जेष्ठ १२ देखि २७ गतेसम्म राष्ट्रियस्तरको कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता हुन लागेको हो । तानसेनको टुडिखेल स्तरउन्नती भएपछि पहिलोपटक ठूलो प्रतियोगीता आयोजना हुन लागेको हो । प्रतियोगितामा १६ टिमको सहभागीता रहने छ । जसमा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाके, स्याङ्गजा, कास्की, चितवन र काठमाडौं रहने छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख, ट्रफी मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद १ लाख ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र, प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार र उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले जिल्लामा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुनुु गौरवको विषय भएको बताउनुभयो ।

तानसेनमा लामो समयपछि हुन लागेको खेल प्रतियोगिताले खेल पर्यटक भित्रीने अपेक्षा पाल्पाका ब्यवसायीले लिएका छन ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago