प्रथम बहुउद्देश्यीय सहकारी संस्था लि. को  नयाँ वर्ष २०८० को अफर , ४१ प्रतिशतसम्म छुट

बिर्तामोड । प्रथम बहुउद्देश्यीय सहकारी संस्था लि द्वारा सञ्चालित पसलहरुमा इलेक्ट्रोनिक्स ब्रान्डका जुनसुकै सामानहरुमा नयाँ वर्ष २०८० र SEE को अवसरमा विभिन्न इलेक्ट्रोनिक ब्राण्डका टिभी देखि होम अपलायन्सहरूमा नयाँ वर्ष अफर ४१ प्रतिशतसम्म छुट घोषणा गरेको छ ।

उक्त अफर योजनाको नारा “SEE र नया बर्ष प्रथमको भारी छुटले मन हुन्छ हर्ष” रहेको र यो योजना २०८० साल वैशाख ३० गतेसम्म  गतेसम्म लागु हुने छ। यो अफर सामसुङ, हुन्डाई ब्रान्डका लेटेस्ट रेंजका टिभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनका लागि लागु हुनेछ। साथै अन्य विभिन्न ब्रान्डका इलेक्ट्रोनिक सामानहरुमा नयाँ वर्षको अफरमा ४१ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ

SEE लक्षित गरिएको यस नयाँ वर्ष २०८० को अफर योजना कार्यक्रममा SEE दिएका विद्यार्थीहरुलाई विशेष आकर्षक मूल्यमा मोबाइल उपलब्ध गराइनेछ साथै आकर्षक उपहारको पनि व्यवस्था गरिएको  प्रथम बहुउद्देश्यीय सहकारी संस्थाका पसल विभाग कर्मचारी प्रवेश खतिवडाले जानकारी दिएका छन्

विभिन्न ब्रान्डका टिभीका साथै, क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा १५ प्रतिशतसम्मको छुटमा कन्जुमरले आफ्नो घर भित्राउन सक्छन्।

यो नयाँ वर्षसँगै कन्जुमरले आफ्नो भान्छा घरमा पनि नयाँ परिवर्तन ल्याउन डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरहरू सबैकालागि उपलब्ध छन्। यसमा १५ प्रतिशतसम्म  छुट गरिएको छ ।

ग्राहकहरुले एआई इकोबबल टीएम वाशिंग मशीन मा कन्जुमरहरुले फ्रन्ट लोड( टप लोड वासिंग मसीनमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्, जुन ७ केजी ८ केजी र ९ केजी क्षमताको  सुविधासहित आउँछ।

साथै,  सामसङको इलेक्ट्रोनिक ब्राण्डले आफ्नो उत्पादनमा २० वर्षको वारान्टी प्रदान गर्दै छ। सामसङले अब आफ्नो फ्रिजको डिआइटी कम्प्रेसर र वासिङ मेसिनको डिआईटी मोटरमा २० वर्षको वारेन्टी उपलब्ध गराएको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago