डोमालाल रंगशालामा बाहा कार्यक्रममा भरिभराउ

बिर्तामोड । शनिवार बिर्तामोडको डोमालाल राजवंशी रंगशाला भरिभराउ थियो खेल हेर्न नभएर सन्थाल जातिको बाहा कार्यक्रम हेर्न ।

लोपोन्मूख अबस्थाका आदिवासी सन्थालहरुको त्यस कार्यक्रमको रौनकता विगतभन्दा थपिएको थियो । सन्थाल युवायुवतीहरु नाचिरहेका थिए , झुमिरहेका थिए । उनीहरुसँगै अरु समुदायले पनि भरपूर आनन्द लिइरहेका थिए । रंगशालाको स्टेज र खुल्ला चौरमा नाच्नेहरुलाई सम्हाल्न आयोजकलाई गाह्रो परिरहेको थियो ।
सन्थाल समुदायको बाहा पर्वको अवसरमा नेपाल सन्थाल मार्साल युवा क्लव बिर्तामोड ३ ले सो नृत्य प्रतियोगिता आयोजना गरेको थियो । कार्यक्रममा जिल्लाभरिका सन्थालहरु सहभागी भएका थिए । आफ्नै भेषभूषा र गरगहनामा सजिएका युवायुवतीहरुले मनै लोभ्याउने आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

प्रकृतिपुजक सन्थालहरुले मौसम अनुसार चाडपर्व मनाउने गरेका छन् । सन्थाल समुदायको सबैभन्दा ठूलो पर्व सोहोराई हो । दोस्रो ठूलो पर्वको रुपमा उनीहरुले बाहा मनाउने गरेका छन् । बाहाको अर्थ फूल हो । बसन्त ऋतु शुरु भएर फूल फुल्ने बेलामा उनीहरुले यो पर्व मनाउने गरेका छन् । सखुवाको फूल लगेर घरघरमा दिने , चेलीबेटीहरुलाई घरमा पाहुना बोलाउने , मीठो खाने , रमाइलो गर्ने परम्परा त्यस जातिमा रहेको पाइन्छ ।

नेपाल सन्थाल मार्साल युवा समाजका अध्यक्ष श्याम मुर्मूको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला प्रमुख अतिथि रहेका थिए । प्रतियोगितामा हपन मई हस्दा प्रथम, बीटीएस ग्रुप द्वितीय र सालमारी ग्रुप तृतीय भएका छन् । उनीहरुले नगद पुरस्कार पाएका छन् ।सन्थाल मार्साल युवा क्लवले विगत ६ वर्षदेखि बाहा कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा ३ हजारभन्दा बढीको सहभागिता रहेको थियो । २०६८ सालको जनगणना अनुसार झापामा सन्थालहरुको जनसंख्या ५१ हजार ७३५ रहेको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago