डोमालाल रंगशालामा बाहा कार्यक्रममा भरिभराउ

बिर्तामोड । शनिवार बिर्तामोडको डोमालाल राजवंशी रंगशाला भरिभराउ थियो खेल हेर्न नभएर सन्थाल जातिको बाहा कार्यक्रम हेर्न ।

लोपोन्मूख अबस्थाका आदिवासी सन्थालहरुको त्यस कार्यक्रमको रौनकता विगतभन्दा थपिएको थियो । सन्थाल युवायुवतीहरु नाचिरहेका थिए , झुमिरहेका थिए । उनीहरुसँगै अरु समुदायले पनि भरपूर आनन्द लिइरहेका थिए । रंगशालाको स्टेज र खुल्ला चौरमा नाच्नेहरुलाई सम्हाल्न आयोजकलाई गाह्रो परिरहेको थियो ।
सन्थाल समुदायको बाहा पर्वको अवसरमा नेपाल सन्थाल मार्साल युवा क्लव बिर्तामोड ३ ले सो नृत्य प्रतियोगिता आयोजना गरेको थियो । कार्यक्रममा जिल्लाभरिका सन्थालहरु सहभागी भएका थिए । आफ्नै भेषभूषा र गरगहनामा सजिएका युवायुवतीहरुले मनै लोभ्याउने आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

प्रकृतिपुजक सन्थालहरुले मौसम अनुसार चाडपर्व मनाउने गरेका छन् । सन्थाल समुदायको सबैभन्दा ठूलो पर्व सोहोराई हो । दोस्रो ठूलो पर्वको रुपमा उनीहरुले बाहा मनाउने गरेका छन् । बाहाको अर्थ फूल हो । बसन्त ऋतु शुरु भएर फूल फुल्ने बेलामा उनीहरुले यो पर्व मनाउने गरेका छन् । सखुवाको फूल लगेर घरघरमा दिने , चेलीबेटीहरुलाई घरमा पाहुना बोलाउने , मीठो खाने , रमाइलो गर्ने परम्परा त्यस जातिमा रहेको पाइन्छ ।

नेपाल सन्थाल मार्साल युवा समाजका अध्यक्ष श्याम मुर्मूको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला प्रमुख अतिथि रहेका थिए । प्रतियोगितामा हपन मई हस्दा प्रथम, बीटीएस ग्रुप द्वितीय र सालमारी ग्रुप तृतीय भएका छन् । उनीहरुले नगद पुरस्कार पाएका छन् ।सन्थाल मार्साल युवा क्लवले विगत ६ वर्षदेखि बाहा कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा ३ हजारभन्दा बढीको सहभागिता रहेको थियो । २०६८ सालको जनगणना अनुसार झापामा सन्थालहरुको जनसंख्या ५१ हजार ७३५ रहेको थियो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago