झापा। रासायनिक मलको खरिदमा सरकारले दिँदै आएको अनुदान कटौती गरेको विरोधमा झापाका कृषकहरू आन्दोलित बनेका छन् ।
आन्दोलित कृषकहरूले शरीरमा मलको बोरा ओढेर बिर्तामोडको मुक्ति चोकमा शुक्रबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शन गर्दै उनीहरूले हातमा प्लेकार्ड बोकेर ‘रासायनिक मलको अनुदान कटौती गरेको निर्णय तत्काल फिर्ता गर, किसानलाई समयमै मलखाद उपलब्ध गर, किसानको आँशुमा पौडी नखेल, बिनाब्याज बिनाधितो कृषि ऋण उपलब्ध गरा’ लगायतका नाराबाजी गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटी झापाको आव्हानमा भएको प्रदर्शनमा जिल्लाभरिका कृषकहरूले सहभागिता जनाएको पार्टीका झापा सभापति उमेश खरेलले जानकारी दिए ।
र्यालीपछि आयोजित कोणसभामा बोल्दै जिल्ला सभापति खरेलले मल अनुदानको विषयमा किसानलाई पर्न गएको मर्काको विषयमा कहीकतै आवाज नउठाइएको बेला झापाबाट दबाबमूलक विरोधसहितको आन्दोलनको सुरुवात गरेको बताए ।
त्यस्तै पार्टीका नेताहरु शम्भु सुस्केरा ढकाल, प्रकाश पाठक , सुरेशकुमार पोखरेललगायतले कोणसभामा बोल्दै राष्ट्रलाई नै पाल्ने भूमिका निर्वाह गरेका कृषकहरूलाई राज्यबाटै आर्थिक विभेद र दमन गरेको भन्दै कटौती गरिएको अनुदान तत्काल फिर्ता गरी कृषकहरूलाई थप राहतसहितको कार्यक्रम ल्याउन माग गरेका छन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…