झापा। रासायनिक मलको खरिदमा सरकारले दिँदै आएको अनुदान कटौती गरेको विरोधमा झापाका कृषकहरू आन्दोलित बनेका छन् ।
आन्दोलित कृषकहरूले शरीरमा मलको बोरा ओढेर बिर्तामोडको मुक्ति चोकमा शुक्रबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शन गर्दै उनीहरूले हातमा प्लेकार्ड बोकेर ‘रासायनिक मलको अनुदान कटौती गरेको निर्णय तत्काल फिर्ता गर, किसानलाई समयमै मलखाद उपलब्ध गर, किसानको आँशुमा पौडी नखेल, बिनाब्याज बिनाधितो कृषि ऋण उपलब्ध गरा’ लगायतका नाराबाजी गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटी झापाको आव्हानमा भएको प्रदर्शनमा जिल्लाभरिका कृषकहरूले सहभागिता जनाएको पार्टीका झापा सभापति उमेश खरेलले जानकारी दिए ।
र्यालीपछि आयोजित कोणसभामा बोल्दै जिल्ला सभापति खरेलले मल अनुदानको विषयमा किसानलाई पर्न गएको मर्काको विषयमा कहीकतै आवाज नउठाइएको बेला झापाबाट दबाबमूलक विरोधसहितको आन्दोलनको सुरुवात गरेको बताए ।
त्यस्तै पार्टीका नेताहरु शम्भु सुस्केरा ढकाल, प्रकाश पाठक , सुरेशकुमार पोखरेललगायतले कोणसभामा बोल्दै राष्ट्रलाई नै पाल्ने भूमिका निर्वाह गरेका कृषकहरूलाई राज्यबाटै आर्थिक विभेद र दमन गरेको भन्दै कटौती गरिएको अनुदान तत्काल फिर्ता गरी कृषकहरूलाई थप राहतसहितको कार्यक्रम ल्याउन माग गरेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…