एमआरआर जापानद्वारा नयाँ वर्ष २०८० को शुभकामना आदान-प्रदान तथा बार्बेक्यु कार्यक्रम आयोजना गर्ने ।

जापान। आउँदो अप्रिल १५ तारिख एमआरआर जापानले ग्रुपमा आवद्ध सदस्यहरु बीच नेपाली नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदान-प्रदान तथा बार्बेक्यु कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम राजधानी टोकियोसंगै जोडिएको साईतामा प्रिफेक्चरमा रहेको साईको दोमान ग्रिन पार्कमा आयोजना हुनेछ।

जापानभित्र,रहेका नेपाली  पुरुष युवाहरुको ग्रुपकारुपमा रहेको यस MRR Japan नामक ग्रुपमा हालसम्म १० हजार ३ सय जनाभन्दाबढि सदस्यहरु रहेका छन् । 

एक महिना अघिनै योजना तय गरि उक्त कार्यक्रममा सहभागी हुन ईच्छुकहरुलाई तोकिएको निश्चित शुल्क अग्रिमरुपमा भुक्तानी गर्न सुचना जारी गरिएको थियो। कार्यक्रममा सहभागी हुन आफ्नो नाम दर्ता गराउने समय यहि मार्च १५ सम्म तोकिएको थियो। तोकिएको अबधीमा १०१ जना सदस्यहरुले नाम दर्ता गराएको र केहि छिटफुटमा परेकाहरु सहित कुल ११५ जना जति सदस्यहरु उक्तदिन बार्बेक्युमा सहभागी हुने तय भएको,यस कार्यक्रमका संयोजक मध्येका एक नेत्र प्रसाद पाण्डेले जानकारी दिए । 

अप्रिल १५ तारिख आयोजना हुने उक्त कार्यक्रममा,सबै जना कार्यक्रम स्थलमै भेट हुने तय गरिएको छ। त्यस पार्कसम्म,आफ्नै (नीजि सवारी साधन वा सार्वजनिक सवारी साधन )तरिकाले जान सकिनेछ। कार्यक्रम बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म हुनेछ। 

कार्यक्रम बार्बेक्यु भएपनि अल्कोहल जन्य पेयपदार्थ रहित हुनेछ । संयोजकहरुका अनुसार,एकआपसमा भाईचारा र अपनत्व बढाउने उदेश्यले आयोजित यस कार्यक्रमलाई सभ्य र भव्य बनाउने उदेश्य अनुरुप अल्कोहलजन्य पदार्थहरु नलगिने भएको हो। 

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago