एमआरआर जापानद्वारा नयाँ वर्ष २०८० को शुभकामना आदान-प्रदान तथा बार्बेक्यु कार्यक्रम आयोजना गर्ने ।

जापान। आउँदो अप्रिल १५ तारिख एमआरआर जापानले ग्रुपमा आवद्ध सदस्यहरु बीच नेपाली नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदान-प्रदान तथा बार्बेक्यु कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम राजधानी टोकियोसंगै जोडिएको साईतामा प्रिफेक्चरमा रहेको साईको दोमान ग्रिन पार्कमा आयोजना हुनेछ।

जापानभित्र,रहेका नेपाली  पुरुष युवाहरुको ग्रुपकारुपमा रहेको यस MRR Japan नामक ग्रुपमा हालसम्म १० हजार ३ सय जनाभन्दाबढि सदस्यहरु रहेका छन् । 

एक महिना अघिनै योजना तय गरि उक्त कार्यक्रममा सहभागी हुन ईच्छुकहरुलाई तोकिएको निश्चित शुल्क अग्रिमरुपमा भुक्तानी गर्न सुचना जारी गरिएको थियो। कार्यक्रममा सहभागी हुन आफ्नो नाम दर्ता गराउने समय यहि मार्च १५ सम्म तोकिएको थियो। तोकिएको अबधीमा १०१ जना सदस्यहरुले नाम दर्ता गराएको र केहि छिटफुटमा परेकाहरु सहित कुल ११५ जना जति सदस्यहरु उक्तदिन बार्बेक्युमा सहभागी हुने तय भएको,यस कार्यक्रमका संयोजक मध्येका एक नेत्र प्रसाद पाण्डेले जानकारी दिए । 

अप्रिल १५ तारिख आयोजना हुने उक्त कार्यक्रममा,सबै जना कार्यक्रम स्थलमै भेट हुने तय गरिएको छ। त्यस पार्कसम्म,आफ्नै (नीजि सवारी साधन वा सार्वजनिक सवारी साधन )तरिकाले जान सकिनेछ। कार्यक्रम बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म हुनेछ। 

कार्यक्रम बार्बेक्यु भएपनि अल्कोहल जन्य पेयपदार्थ रहित हुनेछ । संयोजकहरुका अनुसार,एकआपसमा भाईचारा र अपनत्व बढाउने उदेश्यले आयोजित यस कार्यक्रमलाई सभ्य र भव्य बनाउने उदेश्य अनुरुप अल्कोहलजन्य पदार्थहरु नलगिने भएको हो। 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago