लोत्से मलमा मोबाइल चोर्ने एकजना भैरहवाबाट पक्राउ

भैरहवा : काठमाडौंको नयाँबसपार्कस्थित लोत्से मलमा मोबाइल लुटेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई भैरहवाबाट पक्राउ गरेको छ। रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने १८ वर्षीय कमल कार्की रहेका छन् । कार्कीसँग चोरीका तीन थान मोबाइल पनि बरामद भएको अर्यालले बताए।

सांकेतिक तस्बिर ।

फागुन १ गते यातायात व्यवसायीको प्रदर्शनका क्रममा काठमाडौं महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्कमा रहेको लोत्से मलमा लुटपाट भएको थियो । मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमण्ड मोबाईल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइललगायतका सामग्री लुटिएका थिए ।

सोही घटनामा फरार भएको भन्दै प्रहरीले आरोपी कार्कीलाई सिद्धार्थनगर–३ बाट बिहिबार पक्राउ गरिएको प्रहरी प्रवक्ता अर्यालले बताए। कार्कीलाई पक्राउ गरी बरामद मोबाइलसहित आवश्यक कारवाहीका लागि शुक्रबार नै प्रहरी वृत्त महाराजगञ्ज काठमाडौँ पठाइएको अर्यालले जानकारी दिए। रासस

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago