बिर्तामोड। नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले साम्यवादमा जनतालाई स्वतन्त्रताको अधिकार नहुने र पुँजीवादमा गरिब जनताको हित सुरक्षित नहुने देखेपछि समाजवादी नेता बी. पी. कोइराला र तत्कालीन जर्मन राष्ट्रपति विलियन्स फ्रेन्चले प्रजातान्त्रिक समाजवादमा सबैको समुन्नति हुने देखेर बीचको बाटो अपनाएको उनले बताए ।
पाण्डेले विश्वको राजनीति पुँजीवाद र साम्यवादको दुई ध्रुबमा विभाजित भएको अवस्थामा बी.पी. कोइरालाले प्रजातान्त्रिक समाजवादको अवधारणा अघि सारेको बताएका छन् ।
नेपाली कांग्रेस बिर्तामोड नगर सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै युवा नेता पाण्डेले प्राकृतिक रुपमै पुरानो पुस्ता हट्ने र नयाँ पुस्ता राजनीतिमा उदाउने बताउँदै निराश नहुन युवा पुस्तालाई आग्रह गरे ।
अहिले उदाएका नयाँ पार्टीहरुको ऐतिहासिक पृष्ठभूमि र भविष्यको स्पष्ट कार्ययोजना नभएको बताउँदै सहमहामन्त्री पाण्डेले खहरेको संज्ञा दिए । खहरेका पछि नलाग्न उनले कांग्रेस कार्यकर्तालाई आग्रह समेत गरे ।
२ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाले राजनीतिक एवं सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्य, झापा सभापति देउकुमार थेबे, झापा सचिव कृष्ण हुमागाई,थिए। सहभागीका तर्फबाट एक दर्जनबढीले सुझाव प्रस्तुत गरेको कार्यक्रमको औचित्यमाथि जलकुमार गुरुङले प्रकाश पारेका थिए भने आर्थिक प्रतिवेदन नगरका कोषाध्यक्ष पार्बता खरेल बिमलीले प्रस्तुत गरेकी थिइन् ।
नगरका उपसभापति सूर्यप्रसाद कन्दङ्वाले स्वागत गरेको कार्यक्रमको संचालन सहसचिव दिनेश पराजुलीले गरेका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…