बी.पी. कोइरालाले प्रजातान्त्रिक समाजवादको अवधारणा अघि सारेको–सहमहामन्त्री पाण्डे

बिर्तामोड। नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले साम्यवादमा जनतालाई स्वतन्त्रताको अधिकार नहुने र पुँजीवादमा गरिब जनताको हित सुरक्षित नहुने देखेपछि समाजवादी नेता बी. पी. कोइराला र तत्कालीन जर्मन राष्ट्रपति विलियन्स फ्रेन्चले प्रजातान्त्रिक समाजवादमा सबैको समुन्नति हुने देखेर बीचको बाटो अपनाएको उनले बताए ।

पाण्डेले विश्वको राजनीति पुँजीवाद र साम्यवादको दुई ध्रुबमा विभाजित भएको अवस्थामा बी.पी. कोइरालाले प्रजातान्त्रिक समाजवादको अवधारणा अघि सारेको बताएका छन् ।

नेपाली कांग्रेस बिर्तामोड नगर सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै युवा नेता पाण्डेले प्राकृतिक रुपमै पुरानो पुस्ता हट्ने र नयाँ पुस्ता राजनीतिमा उदाउने बताउँदै निराश नहुन युवा पुस्तालाई आग्रह गरे ।

अहिले उदाएका नयाँ पार्टीहरुको ऐतिहासिक पृष्ठभूमि र भविष्यको स्पष्ट कार्ययोजना नभएको बताउँदै सहमहामन्त्री पाण्डेले खहरेको संज्ञा दिए । खहरेका पछि नलाग्न उनले कांग्रेस कार्यकर्तालाई आग्रह समेत गरे ।

२ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाले राजनीतिक एवं सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्य, झापा सभापति देउकुमार थेबे, झापा सचिव कृष्ण हुमागाई,थिए। सहभागीका तर्फबाट एक दर्जनबढीले सुझाव प्रस्तुत गरेको कार्यक्रमको औचित्यमाथि जलकुमार गुरुङले प्रकाश पारेका थिए भने आर्थिक प्रतिवेदन नगरका कोषाध्यक्ष पार्बता खरेल बिमलीले प्रस्तुत गरेकी थिइन् ।

नगरका उपसभापति सूर्यप्रसाद कन्दङ्वाले स्वागत गरेको कार्यक्रमको संचालन सहसचिव दिनेश पराजुलीले गरेका थिए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago