घट्यो सार्वजनिक सवारीको भाडा, कहाँ पुग्न कति ?

काठमाडौं—  सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ ।

स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।

घटाएको भाडादर आजदेखि नै लागू हुनेछ, त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक सवारी साधनमा (पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशत) ले भाडा घटाएको उनले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, ‘घटाएको भाडादर आजदेखि नै लागू हुनेछ, त्यसको अनुगमन यातायात  व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ, पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादर कायम सम्बन्धी कार्यविधिको व्यवस्था छ । त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिएको छ ।’

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू हुनासाथ सार्वजनिक र मालवाहक सवारी साधनको भाडादर समायोजनको लागि उनले आइतबार नै मातहतको निकायलाई निर्देशन दिएका थिए ।

हेर्नुहोस् सूची 

सार्वजनिक सवारीको भाडा

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago