नयाँ सिट्रोन ई-सी३ को बुकिङ सुरु, टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौं – नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सप्रालिले ई–सी३ सन् २०२३ को जुलाईमा नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। सिट्रोन ई-सी३ नेपालमा सार्वजनिक हुने पहिलो युरोपियन स्ट्यान्डर्ड इभी हो ।

सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ सोरुमहरुमा पुगेको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले थापाथली लगायत विभिन्न सोरुममा सो इलेक्ट्रिक कार राखेको छ ।

कम्पनीका अनुसार आज देखि टेस्ट ड्राइभ समेत प्रारम्भ भएको छ । टेस्ट ड्राइभ गर्न चाहने ग्राहकले सोरुम पुगेर टेस्ट ड्राइभ गर्न सक्ने छन् ।

सिट्रोन ई–सी३ का दुई भेरिएन्ट नेपाली बजारमा उपलब्ध हुने भनिएकोमा पहिलो चरणमा लाइभ भेरिएन्ट उपलब्ध भएको छ । यसको फिल भेरिएन्ट केही समय पछि उपलब्ध हुनेछ । लाइभ भेरिएन्टको मूल्य ३२ लाख ९९ हजार र फिल भेरिएन्टको ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

कारमा २९.२ किलोवाट आवरको व्याट्री प्याक जडान गरिएको छ भने यसको पावर ५७ एचपी र टर्क १४३ एनएम छ । यसलाई एकपटक फुल चार्ज गरेपछि ३२० किलोमिटर गुडाउन सकिन्छ । ३.३ किलोवाटको एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने ई–सी३ लाई डीसी फास्ट चार्जरको साहयतामा ५७ मिनेट भित्रै ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू रहेको छ । सो कारलाई १०७ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ । यसमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ ।

कम मूल्यमा धेरै फिचरहरु सहितको विद्युतीय गाडी खोज्ने पर्यावरण–सचेत उपभोक्ताहरूका लागि सिट्रोन ई–सी३ एक आकर्षक रोजाई हो । यसको दमदार पर्फमेन्स, स्टाइलिश डिजाइन, दिगोपन, अत्याधुनिक प्रविधि र आकर्षक मूल्यले विद्युतीय गतिशीलता र लक्जरीलाई आम मानिसको सहज पहुँचमा ल्याएको छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago