प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नभत्किने दाबी गरे

२०७९, ५ फाल्गुन शुक्रबार २०:५८

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नभत्किने दाबी गरेका छन्।

राष्ट्रपति चयनको विषयलाई लिएर एमाले माओवादी केन्द्रबीचको बढ्दो तित्तताका बीच अध्यक्ष ओलीसँग कुराकानी गर्न बालकोट पुगेका प्रचण्डले गठबन्ध कायम रहने दाबी गरेका हुन्। फागुन २५ गते हुने राष्ट्रपति चुनावमा माओवादीले कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने चर्चा राजनीतिक रुपमा भइरहेका बेला ओलीसँगको भेटपछि दाहालले गठबन्धन कायम रहने उल्लेख गरेका हुन् ।

उनले भने, ‘गठबन्धन कायम नै छ, मिलेर नै अघि बढ्ने छौं, गठबन्धन छुट्ने भत्कने कुरै छैन। ’प्रधानमन्त्री दाहालले राष्ट्रपति टुंगो १/२ मा लाग्ने जानकारी दिए।

Comments

ताजा खबर