खान अयोग्य रहु र कार्प जातको १४०० सय केजी भारतीय माछा नियन्त्रणमा लिई नष्ट

झापा। झापाको पूर्वी नाका काँकडभिट्टामा कडाई गरिएपछि पर्साको रक्सोल नाकाबाट आयात गरिएको सडेगलेको भारतीय माछा झापाको शिवसताक्षीमा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

ना ४ च ९९६२ नम्बरको गाडीमा लोड गरी ल्याउँदै गर्दा हिजो दिउँसो १२ः५० बजे शिबसताक्षी नगरपालिका वडा नं. १० माईधारस्थित पूर्वपश्चिम राजमार्गमा अस्थाई प्रहरी पोष्ट माईधारबाट खटिएको प्रहरी टोलीले रोकी चेकजाँच गर्ने क्रममा आईसको कमी भई सडेगलेको रहु र कार्प जातको माछा अन्दाजी १४०० के.जी. नियन्त्रणमा लिएको थियो ।

पशु क्वारेन्टाईन कार्यालय गौरीगञ्जलाई जानकारी गराई उक्त कार्यालयबाट खटिएको प्राबिधिक टोलीले चेकजाँच गर्दा उक्त माछा मानव स्वास्थ्यमा असर पर्ने, खान अयोग्य रहेको भनी जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय झिलझिलेको कार्यालय परिसरभित्र खाल्डोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।उनले आईसमै रहेका खानयोग्य माछा र गाडी छाडिएको जानकारी दिए ।

पर्सा रक्सोल नाकामा पशु क्वारेन्टाईन गराई भन्सार प्रक्रिया पुरा गरी आवश्यक कागजपत्रसहित माछा ल्याउने क्रममा हिजो बिहान ५ बजे सप्तरी खडक नगरपालिका वडा नं.३ बनर्झुला गेटस्थित पूर्वपश्चिम राजमार्गमा माछा बोकेको मधेश प्रदेश ०३–००१ च ७५१० न.को पिकअप गाडी आफै अनियन्त्रित भई पल्टिएको थियो ।

गाडी पल्टिदा माछा, आईस छरपष्ट भएको र उक्त माछा पुनः ना ४ च ९९६२ नम्बरको गाडीमा लोड गरी झापातर्फ ल्याइएको थियो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago