खान अयोग्य रहु र कार्प जातको १४०० सय केजी भारतीय माछा नियन्त्रणमा लिई नष्ट

झापा। झापाको पूर्वी नाका काँकडभिट्टामा कडाई गरिएपछि पर्साको रक्सोल नाकाबाट आयात गरिएको सडेगलेको भारतीय माछा झापाको शिवसताक्षीमा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

ना ४ च ९९६२ नम्बरको गाडीमा लोड गरी ल्याउँदै गर्दा हिजो दिउँसो १२ः५० बजे शिबसताक्षी नगरपालिका वडा नं. १० माईधारस्थित पूर्वपश्चिम राजमार्गमा अस्थाई प्रहरी पोष्ट माईधारबाट खटिएको प्रहरी टोलीले रोकी चेकजाँच गर्ने क्रममा आईसको कमी भई सडेगलेको रहु र कार्प जातको माछा अन्दाजी १४०० के.जी. नियन्त्रणमा लिएको थियो ।

पशु क्वारेन्टाईन कार्यालय गौरीगञ्जलाई जानकारी गराई उक्त कार्यालयबाट खटिएको प्राबिधिक टोलीले चेकजाँच गर्दा उक्त माछा मानव स्वास्थ्यमा असर पर्ने, खान अयोग्य रहेको भनी जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय झिलझिलेको कार्यालय परिसरभित्र खाल्डोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।उनले आईसमै रहेका खानयोग्य माछा र गाडी छाडिएको जानकारी दिए ।

पर्सा रक्सोल नाकामा पशु क्वारेन्टाईन गराई भन्सार प्रक्रिया पुरा गरी आवश्यक कागजपत्रसहित माछा ल्याउने क्रममा हिजो बिहान ५ बजे सप्तरी खडक नगरपालिका वडा नं.३ बनर्झुला गेटस्थित पूर्वपश्चिम राजमार्गमा माछा बोकेको मधेश प्रदेश ०३–००१ च ७५१० न.को पिकअप गाडी आफै अनियन्त्रित भई पल्टिएको थियो ।

गाडी पल्टिदा माछा, आईस छरपष्ट भएको र उक्त माछा पुनः ना ४ च ९९६२ नम्बरको गाडीमा लोड गरी झापातर्फ ल्याइएको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago