नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको (एनएमसी) नयाँ सञ्चालक समितिद्वारा पदभार ग्रहण

झापा। नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) को नयाँ सञ्चालक समितिले पदभार ग्रहण गरेका छन ।

आठौँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा नयाँ सञ्चालक समितिले पदभार ग्रहण गरेको हो ।

२०७६ साउन १ गतेबाट कार्यभार सम्हालेको सातौँ सञ्चालक समितिले आजबाट औपचारिक रूपमा आफ्नो जिम्मेवारी नवनिर्वाचित सञ्चालक समितिलाई हस्तान्तरण गरेको छ ।
संस्थाका नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी,बरिष्ठ उपाध्यक्ष भगवती घिमिरे ,उपाध्यक्ष विष्णु गौतम,सचिव विकासप्रसाद उपे्रती र सह–सचिव अम्बिकाप्रसाद ढकालले पदभार ग्रहण गरेका हुन् ।
त्यस्तै सदस्यहरु राजु उप्रेती ,पवित्रा न्यौपाने ,हरिप्रसाद आचार्य,कुन्तादेवी खनाल,तोमप्रसाद भट्टराई ,सीताकुमारी श्रेष्ठ ,दुर्गाप्रसाद भट्टराई , सावित्रा दाहाल भट्टराई, देवीप्रसाद उप्रेती र प्रेमप्रसाद मैनालीले पनि कार्यभार सम्हालेका छन् ।

त्यस्तै नवनिर्वाचित लेखा सुपरीवेक्षण समितिको संयोजक रचना दाहाल तथा सदस्यहरु फाल्गुनी दाहाल र एकेन्द्र उप्रेतीले पनि पदभार ग्रहण गरेका छन् ।

संस्थाको गत २०७९ पुष २ गते सम्पन्न साधारणसभाबाट गठित निर्वाचन समितिद्वारा सम्पन्न निर्वाचनमा नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन भएको थियो ।

पदस्थापन कार्यक्रममा सातौँ सञ्चालक समितिले आफ्नो कार्यकालको समीक्षात्मक प्रतिवेदन र निर्वाचन समितिले निर्वाचन प्रतिवेदन प्रस्तुत गरेको थियो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago