झापा। नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) को नयाँ सञ्चालक समितिले पदभार ग्रहण गरेका छन ।
आठौँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा नयाँ सञ्चालक समितिले पदभार ग्रहण गरेको हो ।
२०७६ साउन १ गतेबाट कार्यभार सम्हालेको सातौँ सञ्चालक समितिले आजबाट औपचारिक रूपमा आफ्नो जिम्मेवारी नवनिर्वाचित सञ्चालक समितिलाई हस्तान्तरण गरेको छ ।
संस्थाका नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी,बरिष्ठ उपाध्यक्ष भगवती घिमिरे ,उपाध्यक्ष विष्णु गौतम,सचिव विकासप्रसाद उपे्रती र सह–सचिव अम्बिकाप्रसाद ढकालले पदभार ग्रहण गरेका हुन् ।
त्यस्तै सदस्यहरु राजु उप्रेती ,पवित्रा न्यौपाने ,हरिप्रसाद आचार्य,कुन्तादेवी खनाल,तोमप्रसाद भट्टराई ,सीताकुमारी श्रेष्ठ ,दुर्गाप्रसाद भट्टराई , सावित्रा दाहाल भट्टराई, देवीप्रसाद उप्रेती र प्रेमप्रसाद मैनालीले पनि कार्यभार सम्हालेका छन् ।
त्यस्तै नवनिर्वाचित लेखा सुपरीवेक्षण समितिको संयोजक रचना दाहाल तथा सदस्यहरु फाल्गुनी दाहाल र एकेन्द्र उप्रेतीले पनि पदभार ग्रहण गरेका छन् ।
संस्थाको गत २०७९ पुष २ गते सम्पन्न साधारणसभाबाट गठित निर्वाचन समितिद्वारा सम्पन्न निर्वाचनमा नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन भएको थियो ।
पदस्थापन कार्यक्रममा सातौँ सञ्चालक समितिले आफ्नो कार्यकालको समीक्षात्मक प्रतिवेदन र निर्वाचन समितिले निर्वाचन प्रतिवेदन प्रस्तुत गरेको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…