पत्रकार सम्मेलन गर्दै अधिकारीले गरे एनआरएनए जापानको अध्यक्षमा उमेदवारी घोषणा

नागोया / जापान । पत्रकार सम्मेलन गर्दै एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले  एनआरएनए जापानको अध्यक्षमा उमेदवारी घोषणा गरेका छन्। एनआरएनए जापानको अधिवेशनको चहल – पहल बढिरहदा सनिबार जापानको तेश्रो ठूलो शहर नायोयामा राजकुमार अधिकारीले पत्रकार गर्दै आफु नेतृत्वमा पुगेपछि गर्ने कामको कार्ययोजना प्रस्तुत गरे। साथै सम्मेलनमा उठेका प्रश्नको जवाफ दिदैं अधिकारीले आफु लाई धेरै बोल्न नआउने तर काममा सधै ईमान्दारिता पूर्वक लागेको र भविश्यमा पनि लाग्ने बताए। ठूला कुरा गरेर मात्रै हुँदैन, यति ठूलो संख्यामा नेपाली भएको जापानका हरेक नेपाली लाई समस्या पर्दा अभिभावकको भूमिका र्निभाह त गर्नु नै छ, त्यस बाहेक पनि एनआरएनए सबै नेपालीले आफ्नै संस्था हो भन्ने महशुश हुने गरि काम गर्ने छु उनले भने।

यस अघि एनआरएनए जापानको अध्यक्ष पदमा नागोयाबाट एनआरएनए आईसिसि सदस्य दिपक कार्की पनि उठने चर्चा चले पनि उहाले मलाई सहयोग गर्ने बताउनु भएको छ। हामी एकजुट भएर अघि बढ्ने छौं अधिकारीले भने। लगतै दिपक कार्की ले पनि राजकुमार अधिकारी लाई अध्यक्ष बनाउन आफु पनि लागि पर्ने उद्‌घोष गरे। 

पत्रकार सम्मेलनमा एनआरएनए अभियानमा लागेकाहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा एनआरएनएले आफ्नो लक्ष्य अनुसार गन्तव्य पच्छाउन नसकेको भन्दै चिन्ता समेत व्यक्त गरेका थिए। कार्यक्रममा एनआएनए आईसिसि सदस्य दिपक कार्की , एनआरएनए जापानका सचिव श्याम शितल, एनआरएनए जापानका पूर्व उपाध्यक्ष डिलाराम खरेल, पूर्व महासचिव डा सुदिप अधिकारी, पूर्व सचिव डा सरोज कँडेल , पूर्व सचिव बिष्णु प्रसाद घिमिरे , पूर्व प्रवक्ता सन्देश पोखरेल ,पूर्व कार्य समिति सदस्य एवं गुल्मी समाज जापानका उपाध्यक्ष बाबुराम खरेल एनआएनए नायोयाका संयोजक मनोज बम मल्ल  , नेपाल पत्रकार महासंघ जापानका सल्लाहकार एवं नेपाली मिडिया सेन्टर जापानका अध्यक्ष कविकिरण न्यौपाने ,दर्शन समाज जापानका संरक्षक सुरज मल्ल ,प्रबासी नेपाली मञ्च नागोयाका अध्यक्ष नरेश राई प्रवासी नेपाली सम्पर्क विभाग (चुबु) सभापति हरि श्रेष्ठ , दर्शन समाज नागोयाकी महिला संयोजक बिमला हमाल लगाएत अध्यक्षका उमेदवार राजकुमार अधिकारीलाई सुझाव एवं शुभकामना दिएका थिए।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago