आरिफ शेख र गुल्सन झालाई मधेस सरकारले जनही दुई लाख रुपैयाँ दिने

२०७९, २ चैत्र बिहीबार २२:१२

 युएईविरुद्धको निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गरेका आरिफ शेख र गुल्शन झालाई मधेस सरकारले जनही दुई लाख रुपैयाँ दिने भएको छ।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको युएईविरुद्धको खेलमा आरिफले ५२ रन र झाले ५० रन बनाएका थिए। शेख पर्साका हुन् भने झा सर्लाही जिल्लाका हुन्।

मधेस प्रदेशबाट राष्ट्रिय टिममा खेलिरहेका दुवै जनालाई मधेस सरकारले जनही २ लाख रुपैयाँ दिने मुख्यमन्त्री सरोजकुमार यादवले जानकारी दिए।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु