नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहालको बधाई

२०७९, २ चैत्र बिहीबार २१:४९

काठमाडौँ – आईसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बधाई दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई बधाई दिएका हुन्।

‘नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु।

लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई!,’ प्रधानमन्त्री पुष्पकमल दाहालले भनेका छन्।

नेपाली टोलीलाई हौसला दिन प्रधानमन्त्री प्रचण्ड आज बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पनि पुगेका थिए। आज भएको खेलमा युएईलाई डिएल मेथडमा ९ रनले हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटका लागि छानिएको हो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु