पत्रकार पौडेलको निधनप्रति पत्रकार महासंघ नवलपुरको श्रद्धान्जली शभा

माघ २, कावासोती नवलपुर ।
आईतवार पोखरामा भएको जहाज दुर्घटनामा परी ज्यान गुमाउनु भएका पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको निधनप्रति नेपाल पत्रकार महासंघ नवलपुर शाखाले श्रद्धान्जली शभा गरेको छ ।
नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा सोमवार उहाँको फोटोमा माल्यापर्ण, फुल गुच्छा र अविरले श्रद्धान्जली अर्पण गरिएको हो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष समेत रहनु भउका पौडेलको निधनले पत्रकारिकता जगतले ठुलो क्षती ब्यहोर्नुपरेको पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले बताउनु भयो । उर्जाशिल, क्षमतावान एक कुशल पत्रकार गुमाउनुपर्दा सिंगो नेपाली पत्रकारीता जगत मर्माहत बनेको बताउँदै उहाँले मृतक पौडेलप्रती श्रद्धान्जली र परिवारजनमा समवेदना ब्यक्त गर्नु भयो । त्यसैगरी नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष वीरेन्द्र पराजुलीले त्रिभुवन पौडेलको निधनले पत्रकारीतामा ठुलो क्षती भएको बताउनु भयो । श्रद्धाञ्जी सभामा जिल्लाका कृयाशिल पत्रकारहरुको उपस्थिति रहेका थियो ।
पत्रकार पौडेलको निधनप्रति जिल्ला शाखा नवलपुरले शोक पुस्तिका कार्यालयमा राखेको नेपाल पत्रकार महासंघ नवलपुरका सचिव विष्णु गौडेलले बताउनु भयो । आगामि १३ दिन सम्म शोक पुस्तिका जिल्ला शाखाको कार्यालयमा राखिने सचिव गौडेलले जानकारी दिनु भयो ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago