माघ २, कावासोती नवलपुर ।
आईतवार पोखरामा भएको जहाज दुर्घटनामा परी ज्यान गुमाउनु भएका पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको निधनप्रति नेपाल पत्रकार महासंघ नवलपुर शाखाले श्रद्धान्जली शभा गरेको छ ।
नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा सोमवार उहाँको फोटोमा माल्यापर्ण, फुल गुच्छा र अविरले श्रद्धान्जली अर्पण गरिएको हो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष समेत रहनु भउका पौडेलको निधनले पत्रकारिकता जगतले ठुलो क्षती ब्यहोर्नुपरेको पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले बताउनु भयो । उर्जाशिल, क्षमतावान एक कुशल पत्रकार गुमाउनुपर्दा सिंगो नेपाली पत्रकारीता जगत मर्माहत बनेको बताउँदै उहाँले मृतक पौडेलप्रती श्रद्धान्जली र परिवारजनमा समवेदना ब्यक्त गर्नु भयो । त्यसैगरी नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष वीरेन्द्र पराजुलीले त्रिभुवन पौडेलको निधनले पत्रकारीतामा ठुलो क्षती भएको बताउनु भयो । श्रद्धाञ्जी सभामा जिल्लाका कृयाशिल पत्रकारहरुको उपस्थिति रहेका थियो ।
पत्रकार पौडेलको निधनप्रति जिल्ला शाखा नवलपुरले शोक पुस्तिका कार्यालयमा राखेको नेपाल पत्रकार महासंघ नवलपुरका सचिव विष्णु गौडेलले बताउनु भयो । आगामि १३ दिन सम्म शोक पुस्तिका जिल्ला शाखाको कार्यालयमा राखिने सचिव गौडेलले जानकारी दिनु भयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…