आर्थिक संकटबीच बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने

झापा – कोरोना महामारीलगायत विविध कारणले अर्थतन्त्र थिल्थिलो भएका बेला बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ आयोजना गर्ने भएको छ।

संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवबारे जानकारी दिएको हो। महोत्सवका संयोजक तथा संघ वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेका अनुसार यही फागुन ५ गतेदेखि १५ गतेसम्म बिर्तामोडको रामचोक र चारपाने चोकको बीचमा रहेको खाली जग्गामा महोत्सव आयोजना हुनेछ।

नेपालमा उत्पादित कृषिवस्तु, हस्तकलाका सामग्रीलगायतको प्रदर्शन र प्रबद्र्घन गर्ने, आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने, सांस्कृतिक तथा ऐतिहासिक महत्वका स्थलहरुको प्रचारप्रसार प्रवर्द्धन गर्नेजस्ता उद्देश्य राखेर महोत्सव आयोजना गर्न लागिएको न्यौपानेले जानकारी दिए।

नेपालमा भित्रिएका तथा भित्रिने क्रममा रहेका वस्तु तथा सेवालाई एउटै छानामुनि अवलोकन गराउने उद्देश्यले विभिन्न निकायहरुको सहकार्यमा महोत्सव हुन लागेको हो।

व्यापार महोत्सवको मुख्य विशेषता नेपाललगायत छिमेकी राष्ट्रहरुको लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट, भेला गराइ सामग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु रहेको पत्रकार संघमा जानकारी दिइयो। महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य र अन्य उत्पादनहरु समेत गरि करिब २५० स्टलहरु रहने छन्।

३ लाख दर्शकले अवलोकन गर्ने तथा ४५ करोडको कारोबार हुने संघले अनुमान गरेको छ। महोत्सव करिब १६ हजार १५० वर्ग मिटर क्षेत्रफलमा लाग्नेछ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago