आर्थिक संकटबीच बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने

झापा – कोरोना महामारीलगायत विविध कारणले अर्थतन्त्र थिल्थिलो भएका बेला बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ आयोजना गर्ने भएको छ।

संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवबारे जानकारी दिएको हो। महोत्सवका संयोजक तथा संघ वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेका अनुसार यही फागुन ५ गतेदेखि १५ गतेसम्म बिर्तामोडको रामचोक र चारपाने चोकको बीचमा रहेको खाली जग्गामा महोत्सव आयोजना हुनेछ।

नेपालमा उत्पादित कृषिवस्तु, हस्तकलाका सामग्रीलगायतको प्रदर्शन र प्रबद्र्घन गर्ने, आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने, सांस्कृतिक तथा ऐतिहासिक महत्वका स्थलहरुको प्रचारप्रसार प्रवर्द्धन गर्नेजस्ता उद्देश्य राखेर महोत्सव आयोजना गर्न लागिएको न्यौपानेले जानकारी दिए।

नेपालमा भित्रिएका तथा भित्रिने क्रममा रहेका वस्तु तथा सेवालाई एउटै छानामुनि अवलोकन गराउने उद्देश्यले विभिन्न निकायहरुको सहकार्यमा महोत्सव हुन लागेको हो।

व्यापार महोत्सवको मुख्य विशेषता नेपाललगायत छिमेकी राष्ट्रहरुको लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट, भेला गराइ सामग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु रहेको पत्रकार संघमा जानकारी दिइयो। महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य र अन्य उत्पादनहरु समेत गरि करिब २५० स्टलहरु रहने छन्।

३ लाख दर्शकले अवलोकन गर्ने तथा ४५ करोडको कारोबार हुने संघले अनुमान गरेको छ। महोत्सव करिब १६ हजार १५० वर्ग मिटर क्षेत्रफलमा लाग्नेछ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago