नकआउट फुटबल प्रतियोगितामा बिर्तामोड १० सेमिफाइनलमा प्रवेश

झापा । बिर्तामोड वडा नम्बर–६ लाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर–१० चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटरफाइनलमा खेलमा बिर्तामोड–१० विजयी बनेको हो ।

निर्धारित ६० मिनेटको खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने बिर्तामोड ६ माथि बिर्तामोड–१० हावी भयो । दोस्रो हाफमा बिर्तामोड–१० लाई जित दिलाउन टिम कप्तान दिपेन राई र सौरव लिम्बूले एक–एक गोल गरे ।

दोस्रो हाफको १३ औं मिनेटमा पहिलो गोल गर्दै दिपेनले टिमलाई अग्रता दिलाएका थिए । एक शुन्यले पछि परेको बिर्तामोड–६ ले बराबरी गर्ने प्रयास गरेपनि सफल हुन सकेन । दोस्रो हाफको २७ औं मिनेटमा सौरव लिम्बूले थप एक गोल गरेपछि बिर्तामोड–६दुई –शून्यले पछि पर्यो । ‘डि’ एरियामा बिर्तामोड–६ का खेलाडी त्रिपेश बस्नेतले फल्ट गरेपछि बिर्तामोड–१० ले पेनाल्टीको अवसर पाएको थियो । राजकुमार कन्दङ्वाले प्रहार गरेको पेनाल्टी बिर्तामोड–६ का गोलकिपरले बचाउ गरेका थिए । त्यसलगत्तै मैदानमा आएको बललाई सौरव लिम्बूले गरेको प्रहार भने गोल भएको थियो ।

आजको खेलमा बिर्तामोड १० का कप्तान दिपेन राई ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद १५ सय पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा भोलिबाट सेमिफाइनलका खेलहरु सुरु हुने छ । भोलि हुने पहिलो सेमिफाइनल खेल बिर्तामोड ४ र बिर्तामोड ५ बिच हुने आयोजक समितिका सचिव विशन लिम्बूले जानकारी दिए ।

कात्तिक २ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago