शिक्षामा दलीय स्वार्थ हावी हुनु हुँदैनः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

भक्तपुर –पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा दलीय स्वार्थ हावी हुन नहुने बताएकी छन्।
आज बाल दिवसको अवसरमा मदन भण्डारी मेमोरियल स्कुल जोरपाटीमा आयोजित कार्यक्रममा उनले शिक्षामा दलीय स्वार्थ हावी हुँदा राष्ट्रको अवस्था खराब बाटोमा जाने बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “शिक्षाको नीति बनाउँदा दलीय आँखाले हेर्नु हुँदैन, शिक्षा भनेको विकासको पहिलो पूर्वाधार हो, त्यसैले शिक्षामा दलीय स्वार्थ हावी हुँदा राष्ट्रको अवस्था खराब बाटोतर्फ जान्छ।”
उनले राष्ट्रिय शिक्षा नीति बनाउँदा पार्टीको चस्मा लगाउन हुँदैन भन्दै राष्ट्रको चस्मा लगाएर शिक्षा नीति बनाउनु पर्ने औँल्याइन्।
“हाम्रो देश कृषि प्रधान देश हो, वन जङ्गलको धनी देश, जलस्रोतको धनी देश हो, उर्वर भूमि हामीसँग छ, तर खाद्यान्न विदेशबाट ल्याउनुपर्ने अवस्था छ”, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “खेतबारी बाँझै छन्, कृषिमा काम गर्नेलाई हेला गर्ने सोच हामीसँग छ। अतः यस्तो सोचलाई अब अन्त्य गर्नुपर्छ।”
संविधानले सोचे जस्तो शिक्षा दिन नसकिए देशको अवस्था सुधारिँदैन भन्दै उनले युवा शक्तिको विदेश पलायन रोक्न उचित र स्वदेशमै काम लाग्ने शिक्षा दिन आवश्यक रहेको बताइन्।
कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जुन घरमा मानिसको जन्म हुन्छ उसले त्यही घरको जात, धर्म, परम्परा अपनाउने भएकाले मानिस जन्मँदै जात, धर्म परम्परा भनेर लिएर नआउने भएकाले जात, धर्मलाई विवादमा ल्याउन नहुने बताइन्।
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago