सामाजिक संस्थाहरुको निष्कलंक नेतृत्व, जीवनकुमार खड्का

व्यवसाय र समाजसेवालाई सँगसँगै लिएर एउटा निष्कलंक मार्गमा हिँडेका व्यक्ति हुन्, जीवनकुमार खड्का । मुल व्यवसाय औषधि रहेको खड्काको अन्य केही सेवामुलक व्यवसायमा लगानी पनि छ ।

खासगरी, कमाएको पैसा सेवामा खर्चिनुपर्छ भन्ने भावले प्रेरित, धार्मिक क्षेत्रमा पनि उत्तिकै अग्रसर उनी बिर्तामोडका स्थापित औषधि व्यवसायी हुन् । धरानमा फार्मेसीको अध्ययन सुरु गर्नुअघि नै दाजुको पसलबाट औषधि वितरण तथा समन्य गर्ने ज्ञान लिइसकेका खड्काका दुईवटा औषधिका थोक पसल छन् ।

संघसंस्थामा रहँदा समन्वकारी भूमिकामा रहने उनलाई नजिकबाट चिन्नेहरु सरल, सादगी, तार्किक र अध्ययनशील भनेर चिन्ने गर्छन् । आफू रहेको संस्थाको सर्वोपरि हित उनको एक मात्र उद्देश्य रहने गरेको छ ।समाजमा हुने विभिन्न प्रकारका नकारात्मक कुराहरुले स्वास्थ्यमा पनि असर पर्छ भन्ने मान्यता खड्काको रहेको छ। दिगो विकासका हरेक लक्ष्य स्वास्थ्यसँग जोडिएको भने उनी विश्वास गर्छन ।बिर्तामोडमा त्रिशूल फर्मा सञ्चालन गर्दै आएका खड्का त्रिवेणी फार्मेसीको प्रबन्ध निर्देशक हुन् भने निर्माणाधीन अवस्थामा रहेको नागरिक अस्पतालको कोषाध्यक्ष छन् ।

हाल नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा झापाको महासचिव रहेका खड्का यही असोज १२ गते दमकमा हुने संघको दोस्रो अधिवेशनमा अध्यक्षको उम्मेवार छन् । व्यवसायीमाझ रुचाइएका उनी सर्वसम्मत हुने सम्भावना रहेको व्यवसायीबीचमै चर्चा चलिरहेको छ । स्पष्ट विचार र कर्ममा विश्वास गर्ने उनी सामाजिक कामसँगै मानवीय सेवामा उत्तिकै समर्पित छन् ।

नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, वीरता जेसीजको सिनेटर, लायन्स क्लब अफ बिर्तामोडको पूर्वअध्यक्ष जस्ता संस्थामा रहेर सामाजिक काममा समर्पित छन् । बिर्तामोड–४ का खड्का विपन्न, समस्यामा परेकाहरुलाई सहयोग गर्न पाउँदा खुसी मिल्ने बताउँछन् । नयाँ कुरा सिक्न र नयाँ साथी बनाउन उत्साहित हुने उनी आफ्ना सबै साथी तथा अग्रजहरुबीच उत्तिकै भिजेका छन् ।

लयन्स क्लबको एमजेएफ, भरत विश्रान्तिका आजीवन सदस्य तथा बिर्तामोड उद्योग वणिज्य संघको कार्यसमिति सदस्य ,महिला सामुदायीक अस्पतालका मानार्थ सदस्य का साथै भद्रपुर गोल्ड कपका संयथापक सदस्य, झापा गोल्ककप संस्थापक सदस्य धार्मिक क्षेत्रमा पनि उत्तिकै अग्रसरर वीर अमर सिंह माविमा वि.व्यवस्थापन समिती सदस्य रहि समाजीक सेवामा समर्पित रहेका खड्काले जापान, सिंगापुर, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, कतार, बंगलादेश,भारत, लयागतका मुलुकको भ्रमण गरेका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago