सामाजिक संस्थाहरुको निष्कलंक नेतृत्व, जीवनकुमार खड्का

व्यवसाय र समाजसेवालाई सँगसँगै लिएर एउटा निष्कलंक मार्गमा हिँडेका व्यक्ति हुन्, जीवनकुमार खड्का । मुल व्यवसाय औषधि रहेको खड्काको अन्य केही सेवामुलक व्यवसायमा लगानी पनि छ ।

खासगरी, कमाएको पैसा सेवामा खर्चिनुपर्छ भन्ने भावले प्रेरित, धार्मिक क्षेत्रमा पनि उत्तिकै अग्रसर उनी बिर्तामोडका स्थापित औषधि व्यवसायी हुन् । धरानमा फार्मेसीको अध्ययन सुरु गर्नुअघि नै दाजुको पसलबाट औषधि वितरण तथा समन्य गर्ने ज्ञान लिइसकेका खड्काका दुईवटा औषधिका थोक पसल छन् ।

संघसंस्थामा रहँदा समन्वकारी भूमिकामा रहने उनलाई नजिकबाट चिन्नेहरु सरल, सादगी, तार्किक र अध्ययनशील भनेर चिन्ने गर्छन् । आफू रहेको संस्थाको सर्वोपरि हित उनको एक मात्र उद्देश्य रहने गरेको छ ।समाजमा हुने विभिन्न प्रकारका नकारात्मक कुराहरुले स्वास्थ्यमा पनि असर पर्छ भन्ने मान्यता खड्काको रहेको छ। दिगो विकासका हरेक लक्ष्य स्वास्थ्यसँग जोडिएको भने उनी विश्वास गर्छन ।बिर्तामोडमा त्रिशूल फर्मा सञ्चालन गर्दै आएका खड्का त्रिवेणी फार्मेसीको प्रबन्ध निर्देशक हुन् भने निर्माणाधीन अवस्थामा रहेको नागरिक अस्पतालको कोषाध्यक्ष छन् ।

हाल नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा झापाको महासचिव रहेका खड्का यही असोज १२ गते दमकमा हुने संघको दोस्रो अधिवेशनमा अध्यक्षको उम्मेवार छन् । व्यवसायीमाझ रुचाइएका उनी सर्वसम्मत हुने सम्भावना रहेको व्यवसायीबीचमै चर्चा चलिरहेको छ । स्पष्ट विचार र कर्ममा विश्वास गर्ने उनी सामाजिक कामसँगै मानवीय सेवामा उत्तिकै समर्पित छन् ।

नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, वीरता जेसीजको सिनेटर, लायन्स क्लब अफ बिर्तामोडको पूर्वअध्यक्ष जस्ता संस्थामा रहेर सामाजिक काममा समर्पित छन् । बिर्तामोड–४ का खड्का विपन्न, समस्यामा परेकाहरुलाई सहयोग गर्न पाउँदा खुसी मिल्ने बताउँछन् । नयाँ कुरा सिक्न र नयाँ साथी बनाउन उत्साहित हुने उनी आफ्ना सबै साथी तथा अग्रजहरुबीच उत्तिकै भिजेका छन् ।

लयन्स क्लबको एमजेएफ, भरत विश्रान्तिका आजीवन सदस्य तथा बिर्तामोड उद्योग वणिज्य संघको कार्यसमिति सदस्य ,महिला सामुदायीक अस्पतालका मानार्थ सदस्य का साथै भद्रपुर गोल्ड कपका संयथापक सदस्य, झापा गोल्ककप संस्थापक सदस्य धार्मिक क्षेत्रमा पनि उत्तिकै अग्रसरर वीर अमर सिंह माविमा वि.व्यवस्थापन समिती सदस्य रहि समाजीक सेवामा समर्पित रहेका खड्काले जापान, सिंगापुर, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, कतार, बंगलादेश,भारत, लयागतका मुलुकको भ्रमण गरेका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago