काठमाडौँ- प्रहरीले प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा पक्राउ गरेको ८ जनालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ।
पक्राउ परेका चर्चित कलाकार र युट्युबरहरुलाई जिल्ला अदालतबाट चार दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति पाएको हो। प्रहरीले वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले बताएका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कलाकार मरिचमान श्रेष्ठ, कलाकार राजु पौडेल, कलाकार पवन खतिवडा, युट्युबर अलिश राई र जलन घर्तीमगर, कलाकार बेगम नेपाली, गणेश देवकोटा र सरोज घिमिरे रहेका छन्।
प्रहरीले उनीहरूलाई ‘वान एक्स बेट’को प्रमोसन गरेको आरोपमा पक्राउ गरेको हो। नेपालमा कुनै पनि एपको प्रयोग गरेर सट्टेबाजी खेलाउने प्रकियालाई गैरकानुनी मानिएको छ। प्रहरीले सोही कुरालाई मध्यनजर गर्दै वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएको प्रहरीको भनाइ छ। प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत् एक अर्बभन्दा बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…