काठमाडौँ- प्रहरीले प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा पक्राउ गरेको ८ जनालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ।
पक्राउ परेका चर्चित कलाकार र युट्युबरहरुलाई जिल्ला अदालतबाट चार दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति पाएको हो। प्रहरीले वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले बताएका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कलाकार मरिचमान श्रेष्ठ, कलाकार राजु पौडेल, कलाकार पवन खतिवडा, युट्युबर अलिश राई र जलन घर्तीमगर, कलाकार बेगम नेपाली, गणेश देवकोटा र सरोज घिमिरे रहेका छन्।
प्रहरीले उनीहरूलाई ‘वान एक्स बेट’को प्रमोसन गरेको आरोपमा पक्राउ गरेको हो। नेपालमा कुनै पनि एपको प्रयोग गरेर सट्टेबाजी खेलाउने प्रकियालाई गैरकानुनी मानिएको छ। प्रहरीले सोही कुरालाई मध्यनजर गर्दै वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएको प्रहरीको भनाइ छ। प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत् एक अर्बभन्दा बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…