सांसदलाई धरानमा निषेध गर्ने हर्क साम्पाङको घोषणामा बालेनको पूर्ण समर्थन

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा कोशीको पानी ल्याउने योजना आगामी बजेटमा नपरे सांसदहरुलाई धरानमा निषेध गर्ने बताएका छन्।

उनले शनिबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पानीको योजना बजेटमा नपेर सांसदहरुलाई धरानमा निषेध गर्ने बताएका हुन्।

उनले भनेका छन्, ‘यसपालीको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीय ज्यूहरुलाई धरानमा निषेध गरिने छ! तल तीनकुनेमै बोर्ड राखिने छ फोटोसहितको! ख्याल नठान्नु होला! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नू!’

मेयर साम्पाङको उक्त भनाइप्रति काठमाडौँ महानगरपालिकाका मेयर बालेन शााहले पनि समर्थन जनाएका छन्। साम्पाङको फेसबुक स्टाटसमा कमेन्ट गर्दै बालेनले लेखेका छन्,’पूर्ण समर्थन। गर्ने नै यही हो।’

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago