काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा कोशीको पानी ल्याउने योजना आगामी बजेटमा नपरे सांसदहरुलाई धरानमा निषेध गर्ने बताएका छन्।
उनले शनिबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पानीको योजना बजेटमा नपेर सांसदहरुलाई धरानमा निषेध गर्ने बताएका हुन्।
उनले भनेका छन्, ‘यसपालीको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीय ज्यूहरुलाई धरानमा निषेध गरिने छ! तल तीनकुनेमै बोर्ड राखिने छ फोटोसहितको! ख्याल नठान्नु होला! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नू!’
मेयर साम्पाङको उक्त भनाइप्रति काठमाडौँ महानगरपालिकाका मेयर बालेन शााहले पनि समर्थन जनाएका छन्। साम्पाङको फेसबुक स्टाटसमा कमेन्ट गर्दै बालेनले लेखेका छन्,’पूर्ण समर्थन। गर्ने नै यही हो।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…