बिर्तामोड। झापाको बिर्तामोडमा सञ्चालित चौथो कोशी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको खुल्लातर्फको उपाधि संखुवासभाका प्रबिन लिङ्थेप र सृजल पोखरेलको जोडीले जितेको छ ।
लिङ्थेप र पोखरेलको जोडीले भोजपुरका विशाल तामाङ र निश्चल खत्रीको जोडीलाई २५–२३ र २६–२४ को सोझो सेटमा हराएको हो ।
जीतसंगै प्रबिन लिङ्थेप र पोखरेलले नगद ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् भने भोजपुरका तामाङ र खत्रीले नगद ३० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।
खुल्लातर्फ बिर्तामोडका नबिल सिलवाल र विवेक कन्दङ्वाको जोडी र मेची ब्याडमिन्टन क्लब काँकरभिट्टाका प्रनिशसिंह ठकुरी र गौरव दाहाल तेस्रो भएका छन् । तेस्रो हुने दुवै समूहलाई नगद ७ हजार ५०० सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…