विमान दुर्घटनाः चार जनाको अवस्था अझै अज्ञात,गोताखोर परिचालन

गण्डकी – पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा सवार चार जनाको अवस्था अझै अज्ञात छ।

विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

उनीहरूको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भरहेको जानकारी दिँदै उनले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताए। उनका अनुसार हालसम्म ४४ वटा शव गण्डकी हस्पिटल पठाइसकिएको छ। उनले भेटिएका शवमध्ये पोखरा र आसपासका व्यक्तिको यहीँ नै आफन्तलाई जिम्मा लगाइने बताए।

काठमाडौँका शव उतै आफन्तलाई बुझाउने गरी पठाउने सोच बनाएको उनको भनाइ थियो। अप्ठेरा खोँचमा रहेका केही शव निकाल्नका लागि क्रेनको प्रयोग भइरहेको उनले जानकारी दिए।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago