बस्ती जोगाउन पाइलटले सेतिखोच तर्फ सोझाएका थिए

काठमाडौं : यती एयरलाइन्सको विमान आज बिहान पोखरामा दुर्घटना भयो । चालकदलसहित ७२ यात्रु लिएर त्रिभुवन विमानस्थलबाट छुटेको विमान पोखरा विमानस्थलमा अवतरण हुन नसक्दा दुर्घटना भएको थियो ।

आइतबार बिहान १०ः२५ मा यती एयरलाइन्सको नाइन एन ए एनसी एटीआरको विमान ४ चालक दलसहित ६८ यात्रु लिएर उड्यो पोखरातिर, माघे संक्रान्तिको दिन आइतबार बिहानको समय, यात्रुहरु पोखरा पुग्ने अभिलाषामा थिए, जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।

विमान पनि निर्धारित समयमै पोखरा पुगेको थियो, जब विमान अवतरण गर्ने तरखर गर्दै थियो, तब विमान भने एकाएक अनियन्त्रित हुँदै गयो ।

पोखरा विमानस्थलमा अवतरण हुनुपर्ने यो विमान अनियन्त्रित हुँदै सेती नदीको खोँचमा बजारियो । प्रत्यक्षदर्शीहरुले बताए अनुसार विमान हेर्दा हेर्दै उल्टोपाल्टो भएर हल्लियो । खस्ने बेलमा विमान पुरै उल्टो भयो र एकैचोटी भुईंमा बजारियो र ठूलो आवाज आयो ।

विमान दुर्घटना भएको १२ मिनेटपछि बल्ल दमकल पुगेको थियो, दुघर्टनास्थल । काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि उडेको यो जहाज बिहान १०ः५१ मा दुर्घटना भयो, यो सामग्री तयार पार्दासम्म ३२ जनाको उक्त दुघर्टनामा मृत्यु भएको छ। दुर्घटनाग्रस्त जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका रहेका थिए ।

दुर्घटनामा चालक दलले दुर्घटनाबाट बस्ती जोगाउन हरसम्भव प्रयास गरे । तर, चालकदलले विमानलाई नियन्त्रणमा लिन सकेनन्, अन्ततः विमान पुरानो आन्तरिक विमानस्थलको पूर्वपट्टि रहेको नेपाली सेनाको ब्यारेक पछाडि सेती नदीको खोचमा खस्यो ।

नयाँ विमानस्थलतर्फ ल्याण्ड गर्नका लागि मोडिएको अवस्थामा विमान घनाबस्ती माथि उडिरहेको थियो ।

फेवातालको ड्यामसाइड दक्षिणतर्फबाट पूर्वतर्फ मोडिएर नयाँ विमानस्थलतर्फ अघि बढ्दै गर्दा विमान खसेको थियो ।

प्रत्यक्षदर्शीहरुले बताए अनुसार विमान एक मिनेट मात्रै ढिला दुर्घटना परेको भए, पुरानो विमानस्थल माथि खस्ने थियो’ ‘एक मिनेट मात्रै थप अघि बढेको भएपनि रामघाट बजार माथि जहाज बजारिने थियो ।

चालकले सुरक्षित ठाउँ खोज्दा खोच्दै विमान अनियन्त्रित भएर नदीको खोचमा खस्यो, र धेरेको सपना विमानको धुँवामै विलिन भए, एकाएक मृतकका परिवारमा बज्रपात भयो । एभिन्युजखबरको सहयोगमा ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago