जन्मोत्सवमा गरिने फजुल खर्चलाई जोगाएर विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका झापाको बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले अनाथ बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्दै आफ्नो जन्मोत्सव मनाएका छन् ।
बिर्तामोड–४ मा रहेको तारा नमस्ते बाल ग्राममा शैक्षिक सामग्री लिएर पुगेका वडाध्यक्ष बुढाथोकीले शैक्षिक सामग्री प्रदान गर्दै आफ्नो जन्मोत्सव मनाएका हुन् । हरेक वर्ष जन्मोत्सवमा विभिन्न सामाजिक कार्य तथा सेवामूलक काम गर्दै आएका वडाध्यक्ष बुढाथोकीले फरक ढङ्गले जन्मोत्सव मनाउने गरेका छन् ।
करिब ३० जनाभन्दा धेरै बालबालिका रहेको तारा नमस्ते बाल ग्रामका बालबालिकाले वडाध्यक्ष बुढाथोकीलाई हरेक असल र सफल कामको नेतृत्व गर्ने अवसर प्राप्त होस् भन्दै शुभकामना दिएका थिए । वडाध्यक्ष बुढाथोकीले बाल ग्राममा रहेका बालबालिकाको शिक्षा क्षेत्रमा सफलता मिलोस् भन्दै सहयोग गर्न पाउँदा आफू ज्यादै खुशी भएको बताए ।
बिर्तामोड–३ का वडाध्यक्ष बुढाथोकीले बिर्तामोडलाई र्दुव्यसन मूक्त बनाउन कसरी सकिन्छ भन्ने विषयमा केन्द्रित भएर विद्यालय र सामुदाय स्तरीय कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । बुढाथोकीले समग्र विर्तामोडको भौतिक विकास, शैक्षिक विकास तथा स्वास्थ्य, सञ्चार, आम नगरिकको दैनिकीलाई सहज र सरल बनाउन विभिन्न माध्यमबाट भूमिका निर्वाह गर्दै आएका छन् । जन्मोत्सवमा धेरैको मुहारमा खुशीको सञ्चार गर्नुपर्ने भन्दै कसैलाई पनि फजुल खर्च नगरी जन्मोत्सव मनाउन उनले सुझाव दिएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…