बिर्तामोड–३ का वडाध्यक्ष मदनले तारा नमस्ते बाल ग्राममा बालबालिकासंग जन्मोत्सव मनाए

जन्मोत्सवमा गरिने फजुल खर्चलाई जोगाएर विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका झापाको बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले अनाथ बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्दै आफ्नो जन्मोत्सव मनाएका छन् ।

बिर्तामोड–४ मा रहेको तारा नमस्ते बाल ग्राममा शैक्षिक सामग्री लिएर पुगेका वडाध्यक्ष बुढाथोकीले शैक्षिक सामग्री प्रदान गर्दै आफ्नो जन्मोत्सव मनाएका हुन् । हरेक वर्ष जन्मोत्सवमा विभिन्न सामाजिक कार्य तथा सेवामूलक काम गर्दै आएका वडाध्यक्ष बुढाथोकीले फरक ढङ्गले जन्मोत्सव मनाउने गरेका छन् ।

करिब ३० जनाभन्दा धेरै बालबालिका रहेको तारा नमस्ते बाल ग्रामका बालबालिकाले वडाध्यक्ष बुढाथोकीलाई हरेक असल र सफल कामको नेतृत्व गर्ने अवसर प्राप्त होस् भन्दै शुभकामना दिएका थिए । वडाध्यक्ष बुढाथोकीले बाल ग्राममा रहेका बालबालिकाको शिक्षा क्षेत्रमा सफलता मिलोस् भन्दै सहयोग गर्न पाउँदा आफू ज्यादै खुशी भएको बताए ।

बिर्तामोड–३ का वडाध्यक्ष बुढाथोकीले बिर्तामोडलाई र्दुव्यसन मूक्त बनाउन कसरी सकिन्छ भन्ने विषयमा केन्द्रित भएर विद्यालय र सामुदाय स्तरीय कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । बुढाथोकीले समग्र विर्तामोडको भौतिक विकास, शैक्षिक विकास तथा स्वास्थ्य, सञ्चार, आम नगरिकको दैनिकीलाई सहज र सरल बनाउन विभिन्न माध्यमबाट भूमिका निर्वाह गर्दै आएका छन् । जन्मोत्सवमा धेरैको मुहारमा खुशीको सञ्चार गर्नुपर्ने भन्दै कसैलाई पनि फजुल खर्च नगरी जन्मोत्सव मनाउन उनले सुझाव दिएका छन् ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago