जापान । हिन्दू धर्मावलम्बी नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा कोकोरो इन्टरटेन्टमेन्टको आयोजनामा योकोहामाको हिगासी कानागावाको कानक हलमा “तीज फेस्टिवल” हुने भएको छ ।
विभिन्न कारणबाट विदेशमा रहेको भएपनि नेपाल अनि नेपालीहरूको धर्म, कला, संस्कृति अनि रितिरिवाजलाई जगेर्ना गर्ने उद्देश्यका साथ आउँदो सेम्टेम्बर १८ तारिक (असोज १ गते) सोमबारका हरितालिका तीजको दिनमा नै तीज फेस्टिवलको आयोजना गरिएको कोकोरोका संचालक प्रेमप्रसाद कँडेलले जानकारी दिए ।
“हामीले यो पटकको तीज फेस्टिवललाई साँगीतिक विशेषका रूपमा मनाउने जमर्को गरेका छौं”,कोकोरोका अर्का संचालक खेमप्रसाद पौडेल भन्छन्,”सकेसम्म धेरै जना नेपाली दिदी,बहिनी र दाजु-भाईहरूको सहभागिता हुन सकोस् भन्ने चाहनाका साथ जापानको पनि सार्वजनिक विदाको दिन पारेर तीज फेस्टिवलको आयोजना गरेका छौं ।”
सो तीज फेस्टिवलका लागि अहिलेसम्म नेपालबाट चर्चित गायक रमेशराज भट्टराई र जापानमा रहेर संगीतकर्म गरिरहेका गायक/गायिका अनि सर्जकहरू परदेशी गायक सूर्य खड्का, बाला दूरा, खेमराज पौडेल, शिवा के.सी., अमित सापकोटा र कोपिला शर्माको प्रस्तुति रहने निश्चित भईसकेको जानकारी दिदैं कोकोरोका अर्का संचालक अमित सापकोटाले नेपालबाट अझै चर्चित र लोकप्रिय गायक/गायिकाहरूको सहभागिताका लागि पहल भईरहेको बताए ।
कोकोरो ईन्टरटेन्टमेन्ट जापान स्थापनाको औपचारिक घोषणा तथा उद्घाटन समारोहका सन्दर्भमा पहिलो पटक आयोजना गरिएको छक्का-पञ्जा ४ को योकोहामा रिलिजमा नै दर्शकहरूको हाउसफूल उपस्थितिले अझै थप कार्यक्रमहरू गर्नका लागि हौसला अनि उत्प्रेरणा मिलेको जानकारी गराउँदै आगामी तीज फेस्टिवलको उच्च सफलतामा जापानवासी नेपालीहरूको साथ, सहयोग र सहभागिता रहने विश्वास लिईएको कोकोरो इन्टरटेन्टमेन्ट-जापानले जनाएको छ ।
“शुरूदेखि अन्तिमसम्मै,गरि दिन्छौं हामी जम्मै” भन्ने नारा नै बनाएर कोकोरोले कुनैपनि कार्यक्रम वा समारोहको आयोजकहरूसंग मिलेर सम्पूर्ण ब्यवस्थापनको जिम्मेवारी लिदैं आएको र दिदैं जानेपनि संचालकहरूले बताएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…