न्वारानको भोज खाएका मेचीनगरमा २७ जना बिरामी

झापा । झापाको मेचीनगर नगरपालिका– ९ माथिल्लो मागुरमाडीको एक घरमा न्वारानको भोज खाएका २७ जना अस्पताल भर्ना भएका छन्।

सोमबार स्थानीय गोविन्द श्रेष्ठकोमा न्वारानको भोज खाएका अधिकांश बिरामी परेका हुन्।मेचीनगर–९ माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार तामाङले जानकारी दिए।

बिरामीहरुको स्थानीय मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ। भोजमा रहेको परिकारमा अखाद्य पदार्थ मिसावट हुँदा खानेहरु बिरामी भएको हुनसक्ने अस्पतालले जनाएको छ।
स्थानीयमा बान्ता हुने, ज्वरो आउने तथा पखाला चल्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। हाल अस्पतालमा २७ जनाको उपचार भइरहेको छ। बिरामीको उपचारका लागि नगरपालिकाको स्वास्थ्य शाखाले समन्वय गरिरहेको नगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् ।

गर्मी मौसमका कारण खानेकुरा लामो समय बाहिर राख्दा स्वास्थ्यमा समस्या भएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ रहेको छ।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago