झापा । झापाको मेचीनगर नगरपालिका– ९ माथिल्लो मागुरमाडीको एक घरमा न्वारानको भोज खाएका २७ जना अस्पताल भर्ना भएका छन्।
सोमबार स्थानीय गोविन्द श्रेष्ठकोमा न्वारानको भोज खाएका अधिकांश बिरामी परेका हुन्।मेचीनगर–९ माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार तामाङले जानकारी दिए।
बिरामीहरुको स्थानीय मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ। भोजमा रहेको परिकारमा अखाद्य पदार्थ मिसावट हुँदा खानेहरु बिरामी भएको हुनसक्ने अस्पतालले जनाएको छ।
स्थानीयमा बान्ता हुने, ज्वरो आउने तथा पखाला चल्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। हाल अस्पतालमा २७ जनाको उपचार भइरहेको छ। बिरामीको उपचारका लागि नगरपालिकाको स्वास्थ्य शाखाले समन्वय गरिरहेको नगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् ।
गर्मी मौसमका कारण खानेकुरा लामो समय बाहिर राख्दा स्वास्थ्यमा समस्या भएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ रहेको छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…