दमकमा बनाइएको भ्युटावरबाट प्रतिफल सुनिश्चितता नगरिएको उल्लेख

झापा। महालेखा परीक्षकको कार्यालयले दमकमा निर्माण भएको भ्युटावर सञ्चालनको कार्यविधि र लगानीको प्रतिफल सुनिश्चितता अध्ययन नभएको जनाएको छ ।

बिहीबार सार्वजनिक महालेखा परीक्षकको ६०औं वार्षिक प्रतिवेदनमा ललितपुरको गोदावरी र बुटवलमा बनाइएको सभाहल र दमकमा बनाइएको भ्युटावरबाट प्रतिफल सुनिश्चितता नगरिएको उल्लेख गरिएको हो ।

प्रधानमन्त्री भएकै बेला केपी शर्मा ओलीले आफ्नै निर्वाचन क्षेत्र दमकमा १८ तले भ्युटावर बनाउन सुरु गरेका थिए । निर्माणाधीन टावरको पश्चिममा टुकुरे सुकुम्बासी बस्ती छ । राज्य कोषको डेढ अर्बभन्दा बढी लागतमा भ्युटावर सम्पन्न भएपछि १८ तलामाथिबाट देखिने नजिकको दृश्य नै यही बस्ती हो ।

वि.सं. २०२२ देखि बसोबास गरिरहेका सय परिवार अहिलेसम्म लालपुर्जाविहीन छन् ।

दमक नगरपालिकाको दापगाछीमा रहेको ५ बिघा जमिनमा ७२ मिटर उचाइको १८ तले भ्युटावर निर्माणाधीन रहेको छ । महालेखाको प्रतिवेदनअनुसार अन्डरग्राउन्ड पार्किङसहितको सुविधासम्पन्न भ्युटावर निर्माण गर्न २०७८ पुस २७ भित्र सम्पन्न गर्ने गरी २०७६ असार २७ मा १ अर्ब ५६ करोड १४ लाख ३९ हजार रुपैयाँको सम्झौता भए पनि तोकिएको समयमा काम नसकिएकाले २०८० असार २७ सम्म म्याद थप भएको छ ।

उक्त निर्माण कार्यको दोस्रो भेरिएसनसम्म रू. १० करोड २७ लाख ८१ हजार थप भई संशोधित सम्झौता १ अर्ब ६६ करोड ४२ लाख २० हजार रुपैयाँ कायम भएको छ ।

महालेखाले यो वर्षसम्म १ अर्ब ४ करोड ४९ लाख १६ हजार भुक्तानी भएकोमा भौतिक प्रगति ७० प्रतिशत तथा वित्तीय प्रगति ६३ प्रतिशत रहेको जनाएको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago