झापा। वातावरण संरक्षण मंच नेपाल(ईसिएफ)को आयोजना तथा स्वच्छ ऊर्जा नेपालको सहकार्यमा इलाममा वायु प्रदूषणसम्बन्धी एक महिने सचेतना अभियान संचालन हुने भएको छ ।

स्वच्छ ऊर्जा नेपालको “सबैको लागि स्वच्छ र सफा वायु (SAFA) अभियान” अन्तर्गत देशका विभिन्न ८ शहरमा स्थानीय युवाको अगुवाईमा जनप्रतिनिधि, स्थानीय तथा सरोकारवालालाई वायु प्रदूषणसम्बन्धी सचेतना अभिवृद्धि गराउने, अध्ययन अनुसन्धानमार्फत् वायु प्रदूषणको अवस्था, यसको प्रभाव र त्यसको न्यूनीकरणका लागि पहल गर्ने उद्देश्यअनुरुप इलाममा उक्त कार्यक्रम संचालन गर्न लागिएको हो ।

स्वच्छ इलाम अभियानअन्तर्गत जनप्रतिनिधि तथा सरोकारवालासँग अन्तरक्रिया, प्रश्नावली सर्वेक्षण, विद्यालय सचेतना, समुदाय सचेतना, विद्यार्थीहरुबीच चित्रकला प्रतियोगिता, युवाहरुबीच टिकटक प्रतियोगिता साथै परम्परागत तथा डिजिटल मिडियाबाट वायु प्रदूषणसम्बन्धी पैरवी गर्ने आदि कार्यक्रम संचालन गरिने इसिएफका अध्यक्ष तथा स्वच्छ अभियानका फोकल पर्सन हैकम घिसिङले जानकारी दिए ।

नेपालमा अव्यवस्थित सहरीकरण, औद्योगीकरण, वन डढेलो, पुराना सवारीसाधन निर्वाध संचालन, अव्यवस्थित फोहोरमैला, फोहोर तथा हानिकारक वस्तु खुल्ला रुपमा जलाउने जस्ता क्रियाकलापले वायूमा हानिकारक कणहरु मिसिन गई प्रदूषण बढ्दै गएको छ । बढ्दो वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ। विशेषगरी बाल बालिका, बृद्धबृद्धा एवम् श्वासप्रश्वास र मुटुका बिरामीहरुलाई बढी प्रभावित पार्ने अध्ययनहरुले देखाएको छ ।

नेपालको सन्दर्भमा वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ ले पिएम २.५ मापन गर्दा प्रतिघनमिटर वायुमा वार्षिक औसत ४० माइक्रोग्रामसम्म सूक्ष्म कण भएमा गुणस्तरीय वायु भनेर तोकेको छ। त्यसैगरी १०० माइक्रोग्रामसम्म मध्यम, १०० देखि १५० सम्म संवेदनशील समूहको लागि अस्वस्थ, १५० देखि २०० माइक्रोग्रामसम्म अस्वस्थ, २०० देखि ३०० माइक्रोग्रामसम्म धेरै अस्वस्थ र ३०० देखि ५०० माइक्रोग्रामसम्म भएमा खतरनाक अवस्था रहेको बुझिन्छ ।

इलामको चोक बजारमा रहेको अमेरिकन कर्नरमा जडान गरिएको लो कस्ट सेन्सरको तथ्यांक अनुसार इलामको वायुमा औसत प्रतिघनमिटर १४७ माइक्रोग्राम सूक्ष्म कणहरु पाइएको छ ।जुन संवेदनशील समूहका लागि अन्त्यन्तै जोखिम अवस्था हो ।

नयाँ वर्षको अवसर पारेर यही वैशाख ४ गते इलाम नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिने साथै अन्य निर्धारित कार्यक्रमहरु नियमित रुपमा संचालन गर्दै लैजाने अभियानका सदस्य सत्यम चौधरी जानकारी दिए ।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago