पैदल यात्रा गरेर लुम्बिनी आइपुगे दुई सय बौद्ध भिक्षु

लुम्बिनी – दक्षिण कोरियाबाट बुद्धस्थलको पैदलयात्रामा निस्किएका दुई सय बौद्ध भिक्षु र तीर्थयात्री लुम्बिनी आइपुगेका छन्। उक्त समूहलाई आज लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा एक समारोहका बीच स्वागत गरेको छ।

कोरियाका अग्रज भिक्षु छासुङ्गसहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन्। कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीलाई रुपन्देही निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमानलगायतले पैदलयात्रीलाई बुद्धजन्मस्थलमा खादा ओढाएर स्वागत गरे।

कोरियाली बौद्ध तीर्थयात्रीको टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्राथना गरेका थिए। पूजा तथा प्रार्थनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको उपस्थिति रहेको छ। प्रार्थना र पूजामा प्रतिनिधिसभा सदस्य घिमिरेले लामो यात्रा गरेर बुद्धजन्मस्थल लुम्बिनी आएका बौद्ध भिक्षुसहितको टोलीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए। उनले यस्ता भ्रमणले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे।

घिमिरेले नेपाल र दक्षिण कोरियाबीच धार्मिक रुपमा मात्रै नभइ रोजगारीका हिसाबले पनि सम्बन्ध जोडिएको उल्लेख गरे। नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरुसहितका तीर्थयात्रीलाई बुद्धजन्मस्थल मायोदवी प्राङ्गणमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए। उनले दक्षिण कोरियासँग नेपालको सम्बन्ध बुद्धजन्मस्थल लुम्बिनीले झनै प्रगाढ बनाएको बताए।

कोषका उपाध्यक्ष त्रिपाठीले फागुन महिना भगवान् गौतमबुद्धको जीवनमा निकै ठूलो महत्वको महिना भएको बताउँदै यही महिनामा बुद्धमार्गलाई पछ्याउँदै एक हजार किमिको दूरी पूरा गरी कष्टका साथ लुम्बिनी आइपुग्नु बौद्धमार्गीका लागि खुसीको क्षण रहेको बताए। उनले अग्रज भिक्षुसहितको तीर्थयात्रीको लुम्बिनी आगमनले दक्षिण कोरियासँग नेपालको आध्यमिक सम्बन्ध अझै मजबुद भएको बताए। उनले दक्षिण कोरियाबाट उच्च तहका भिक्षुसहितको बौद्ध तीर्थयात्रीको लुम्बिनी भ्रमणले विश्वमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।

दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयअन्तर्गत दर्ता बौद्धसंस्थाले दुई सय कोरियाली बौद्ध भिक्षु–भिक्षुणीसहित बौद्ध तीर्थयात्रीलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको हो। भारतस्थित बोधगया, शारनाथ, कुसिनगर हुँदै पैदलयात्री लुम्बिनी आइपुगेका हुन्। मायादेवी मन्दिरभित्र रहेको बुद्ध जन्मस्मारक (मार्कर स्टोन), पवित्र पुस्करणी पोखरी, अशोक स्तम्भको अवलोकनसँगै मायादेवी प्राङ्गणमा विश्वशान्तिको कामना गर्दै अग्रज भिक्षु छासुङ्गले प्रवचन दिए।

उक्त अवसरम लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कोषका कार्यकारिणी सदस्य विश्वराज पौडेल लगायतको उपस्थिति थियो। फेब्रअरी ९ तारिखदेखि भारतको नयाँ दिल्लीबाट पैदल हिँडेर तीर्थयात्रा सुरु भएको थियो।

लुम्बिनीमा पछिल्लो समय बौद्ध देशबाट बौद्ध धर्मगुरु र तीर्थयात्रीको ठूलो–ठूलो समूह बुद्धजन्मस्थल लुम्बिनी आउनेक्रम बढेको र यसले कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रलाई ऊर्जा थपेको कोषका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए। उनले चीनबाट पनि फेरि यस्तै ठूलो समूह लुम्बिनी आउने कार्यक्रम रहेको बताए।

टोलीमा दक्षिण कोरियाबाट त्यहाँको राष्ट्रिय सञ्चारमाध्यमको सहभागिता थियो। कोरियाली बौद्ध धर्माम्बलम्बीको टोली बुधबार बिहान करहवा नाका हुँदै भारततर्फ पैदल फर्कने छ।

तीर्थयात्रीलाई मङ्गलबार बिहान नेपाल भारत सीमा बेलहिया नाकामा पनि स्वागत गरिएको थियो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago