बिर्तामोडको अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार महोत्सवलाई सफल बनाउन विभिन्न संघसंस्थाहरु एकजुट

बिर्तामोड, झापाको बिर्तामोडमा यही फागुन ५ गतेबाट शुरु हुन लागेको अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार महोत्सवलाई सफल बनाउन विभिन्न संघसंस्थाहरु एकजुट भएर लागेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुन गइरहेको महोत्सव फागुन १५ गतेसम्म सञ्चालन हुने छ ।  वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो ।

महोत्सव मुल आयोजक समितिका संयोजक राजु न्याौपाने, जेसीजका निवर्तमान अध्यक्ष प्रविन खड्का, सिनेटर विशाल थापा, जेसीजका पूर्व अध्यक्ष राजिव धिमाल, वीरता लेडी जेसीजका अध्यक्ष संगिता गिरी, औषधी ब्यवसायी संघका महासचिव जीवन खड्का, धर्म लक्सम्बा, महिला उद्यमी संघका अध्यक्ष तिलोतमा खत्री, राधिका चुडाललगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक सुमन पोद्धारले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव जनक खड्का र धन्यवाद ज्ञापन सुशिल उप्रेतीले गरेका थिए । सोही अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघले नवनिर्वाचित जेसीजका पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेको थियो ।

कार्यक्रममा महोत्सवलाई सफल बनाउन सबै पक्ष एक भएर लाग्ने र प्रदेश–१ कै उत्कृष्ट बनाउने प्रतिवद्धता बताइएको छ । महोत्सव सफल बनाउन वीरता जेसीजसहितका संघसंस्थाले सबैसंग आग्रह समेत गरेका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago