रानिमहलमा प्रेमिल जोडी : गुलाफको पुष्प गुच्छा साटासाट गर्दै मनाइयो प्रेमदिवस

तेजमहल अर्थात रानी तेजकुमारीको सम्झनामा खड्गशम्शेरले बनाइदिएको महल जसलाई सबैले रानीमहल भनेर चिन्ने गर्दछन् ।

भबिन्द्र गौतम
पाल्पा, २ फागुन ।
कालीगण्डकीको तटमा बिशाल चट्टानमाथी सजियर रहेको ऐतिहासिक पर्यटकीय स्थल रानीमहललाई स्थापित गर्न रानीमहल पुग्ने जोडीलाई सम्मान गरिएको छ । उत्तर बाहिनी कालीगंगाको किनारमा बनेको प्रेमको प्रतिकमा घुमेर सम्मान हुन पाउदा प्रेमिलजोडी खुसी देखिन्थे । प्रणय दिवसका अवसरमा प्रेम साटासाट गर्न रानीमहल पुगेका प्रेम जोडीलाई तानसेन नगरपालिका, नाटा लुम्बिनी र नाटा पाल्पा च्याप्टरले सम्मान गरेको हो ।नेपाल तथा भारत सहित नेपालका विभिन्न स्थानबाट रानीमहल पुगेका २५ जोडीलाई सम्मान गरिएको हो ।

त्यहा पुगेका जोडीले एक आपसमा गुलाफको पुष्प गुच्छा साटासाट गर्दै प्रेमलाई आजीवन बनाउने प्रण गरेका थिए । त्यस्तै, उनीहरूले सिक्का दान, कालीगण्डकी नदी उत्तर बाहिनीको अवलोकन गरेका थिए ।

लुम्बिनी प्रदेश सरकारले प्रेमको प्रतीक रानीमहललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा राखेको छ । तेजमहल अर्थात रानी तेजकुमारीको सम्झनामा खड्गशम्शेरले बनाइदिएको महल जसलाई सबैले रानीमहल भनेर चिन्ने गर्दछन् । करिब ११ रोपनी क्षेत्रफलमा रहेको रानीमहल दरबारमा २४ कोठा रहेका छन् । शिवालय, पानीपोखरी, शिवलिंगमा गुम्बज आकारका झ्यालसहित आकर्षित कलाकृति देख्न सकिन्छ । पाल्पाको सदरमुकाम तानसेनबाट आधा घण्टाको सवारी यात्राबाट रानीमहलमा पुग्न सकिन्छ । पक्की सडक भएकाले यात्रा गर्न पनि सजिलो भएको छ । जसले गर्दा रानीमहल घुम्न आउनेको संख्या बढ्दै गएको छ।

धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण कालीगण्डकी किनारको रानीमहल प्रेमको प्रतिकका रुपमा लिइन्छ। रानीमहललाई स्थापित गर्न प्रेम जोडीलाई सम्मान तथा प्रेम साटासाट गर्नका लागी आयोजना भएको कार्यक्रमलाई सकारात्मक नै लिन सकिन्छ तर पश्चिमा संस्कारलाई प्रश्रय दिने गरि प्रणय दिवस लाई मान्नुभन्दा रानिमहलको स्थापनाका दिन वा हाम्रो आफ्नै संस्कार तथा संस्कृति अनुसार प्रचारप्रसार गरी रानीमहल लाई ब्राण्डिङ्ग गर्न आवस्यक छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago