रानिमहलमा प्रेमिल जोडी : गुलाफको पुष्प गुच्छा साटासाट गर्दै मनाइयो प्रेमदिवस

तेजमहल अर्थात रानी तेजकुमारीको सम्झनामा खड्गशम्शेरले बनाइदिएको महल जसलाई सबैले रानीमहल भनेर चिन्ने गर्दछन् ।

भबिन्द्र गौतम
पाल्पा, २ फागुन ।
कालीगण्डकीको तटमा बिशाल चट्टानमाथी सजियर रहेको ऐतिहासिक पर्यटकीय स्थल रानीमहललाई स्थापित गर्न रानीमहल पुग्ने जोडीलाई सम्मान गरिएको छ । उत्तर बाहिनी कालीगंगाको किनारमा बनेको प्रेमको प्रतिकमा घुमेर सम्मान हुन पाउदा प्रेमिलजोडी खुसी देखिन्थे । प्रणय दिवसका अवसरमा प्रेम साटासाट गर्न रानीमहल पुगेका प्रेम जोडीलाई तानसेन नगरपालिका, नाटा लुम्बिनी र नाटा पाल्पा च्याप्टरले सम्मान गरेको हो ।नेपाल तथा भारत सहित नेपालका विभिन्न स्थानबाट रानीमहल पुगेका २५ जोडीलाई सम्मान गरिएको हो ।

त्यहा पुगेका जोडीले एक आपसमा गुलाफको पुष्प गुच्छा साटासाट गर्दै प्रेमलाई आजीवन बनाउने प्रण गरेका थिए । त्यस्तै, उनीहरूले सिक्का दान, कालीगण्डकी नदी उत्तर बाहिनीको अवलोकन गरेका थिए ।

लुम्बिनी प्रदेश सरकारले प्रेमको प्रतीक रानीमहललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा राखेको छ । तेजमहल अर्थात रानी तेजकुमारीको सम्झनामा खड्गशम्शेरले बनाइदिएको महल जसलाई सबैले रानीमहल भनेर चिन्ने गर्दछन् । करिब ११ रोपनी क्षेत्रफलमा रहेको रानीमहल दरबारमा २४ कोठा रहेका छन् । शिवालय, पानीपोखरी, शिवलिंगमा गुम्बज आकारका झ्यालसहित आकर्षित कलाकृति देख्न सकिन्छ । पाल्पाको सदरमुकाम तानसेनबाट आधा घण्टाको सवारी यात्राबाट रानीमहलमा पुग्न सकिन्छ । पक्की सडक भएकाले यात्रा गर्न पनि सजिलो भएको छ । जसले गर्दा रानीमहल घुम्न आउनेको संख्या बढ्दै गएको छ।

धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण कालीगण्डकी किनारको रानीमहल प्रेमको प्रतिकका रुपमा लिइन्छ। रानीमहललाई स्थापित गर्न प्रेम जोडीलाई सम्मान तथा प्रेम साटासाट गर्नका लागी आयोजना भएको कार्यक्रमलाई सकारात्मक नै लिन सकिन्छ तर पश्चिमा संस्कारलाई प्रश्रय दिने गरि प्रणय दिवस लाई मान्नुभन्दा रानिमहलको स्थापनाका दिन वा हाम्रो आफ्नै संस्कार तथा संस्कृति अनुसार प्रचारप्रसार गरी रानीमहल लाई ब्राण्डिङ्ग गर्न आवस्यक छ ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago