धमाधम लाभांश प्रस्ताव गर्दै लघुवित्त कम्पनीहरु, कसको कति

काठमाडौं । यो वर्ष लघुवित्त कम्पनीहरुले ढिलो गरी लाभांश प्रस्ताव गरेका छन् । पुष महिना भित्र वार्षिक साधारण सभा गर्न यो वर्ष लघुवित्त कम्पनीहरुलाई अप्ठेरो परेको छ । यो समाचार तयार पार्दासम्म २२ लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।

२२ लघुवित कम्पनीहरु मध्ये ८ लघुवित्त कम्पनीको बुक क्लोज भैसकेको छ । आरएसडीसी लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, फर्स्ट माइक्रोफाइनान्स सीवाईसी नेपाल, साधना लघुवित्त, मिर्मिरे लघुवित्त, गुराँस लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तको बुक क्लोज भैसकेको छ ।

यसैगरी, आँधिखोला लघुवित्त वित्तीय सस्थाले माघ ३ गते बुक क्लोज गर्दै छ । कम्पनीले ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बुक क्लोज भन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले कम्पनीको लाभांश प्राप्त गर्नुको साथै साधारण सभामा भाग लिन पाउने छन् ।

१३ लघुवित्तको अझै बुक क्लोज मिति घोषणा हुन् बाँकी :
१३ लघुवित्त कम्पनीहरुले लाभांश प्रस्ताव गरे पनि बुक क्लोज मिति सार्वजनिक गर्न बाँकी छ । नेपाल राष्ट्र बैंकले लाभांश स्वीकृति गरे पश्चात उनीहरुले बुक क्लोज र साधारणसभाको मिति तय गर्ने छन् । स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, एनएमबि लघुवित्त, स्वरोजगार लघुवित्त, डिप्रोक्स लघुवित्त, महुली लघुवित्त, महिला लघुवित्त, निर्धन उत्थान लघुवित्त, नेरुडे लघुवित्त, आरएमडीसी लघुवित्त, साना किसान विकास लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त र मिथिला लघुवितले बुक क्लोज मिति तय गर्न बाँकी छ।

सबै भन्दा धेरै लाभांश जाल्पा सामुदायिक लघुवित्तको :
२१ कम्पनीहरु मध्ये सबै भन्दा धेरै लाभांश जाल्पा सामुदायिक लघुवित्तले घोषणा गरेको छ । जाल्पाले ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि प्रस्ताव गरेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago