गल्याङमा ६४ प्रतिशत योजना सम्झौता,चुस्त सेवामा सबैको सहयोग अपरिहार्य – नगर प्रमुख भट्टराई

स्याङ्जा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले पालिकाले प्रदान गर्ने सेवा तथा सुबिधा चुस्त दुरुस्त राख्न सबैको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ ।

आज आयोजित आ व ०७९/८० को नगरपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाका सम्बन्धमा प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उहाले नगरपालिकाले समृद्धिका लागि पालिकाको दीर्घकालीन रोडम्याप तयार गरेको र यसको सफलताको लागि सेवा प्रवाह चुस्त बनाउनुपर्ने भन्दै सबैलाई एकाकार हुँदै सहयोग गर्न अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा विभिन्न सहभागीहरुले आआफ्नो प्रश्न राखेका थिए भने त्यस्को जवाफ विभिन्न शाखाका प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत,उप प्रमुख र नगर प्रमुखले दिनुभएको थियो। यो चौमासिकमा गल्याङ नगरपालिकाले ६४ प्रतिशत योजना सम्झौता सम्पन्न गरेको छ साथै पालिकाले उपभोक्ता समितिको खाता खोल्ने काम समेत वडा बाटै सम्पन्न गरेको आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बताइएको छ। आफ्ना काम कारबाहीका बारेका गुनासा र जनताका माग बुझ्न गल्याङ नगरपालिकाले आज सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो कार्यक्रममा सहभागी अधिकांशले नगरपालिकाले वडामा गरेको एकीकृत घुम्ती सेवाको प्रशम्सा समेत गर्नुभएको छ ।

सहभागीमध्येका नेकपा एमालेका अध्यक्ष दान बहादुर थापाले गल्याङमा विगतदेखि नै रहिआएको समस्याहरुको निदानका लागि नकारात्मक टिकाटिप्पणी भन्दापनी नगरपालिकालाई सहयोग गर्नुपर्ने बताउनुभयो । ‘नगरपालिकाले जनताको आवश्यकतानुसार काम गरिदिनुपर्छ, दीर्घकालीन योजना बनाएर काम गरौ ,’ उहाले भन्नुभयो। अर्का स्थानीय नेपाली कांग्रेसका नेता चन्द्र रानाले तय भएका योजनाको कार्यान्वयन मा समय लाग्न स्वभाविक रहेको हुदा हरेक पक्षको उचित व्यवस्थापन हुनुपर्ने पनि भनाइ राख्नुभएको थियो । जिल्लाको तेस्रो व्यापारिक केन्द्रका रूपमा समेत रहेको गल्याङको मुख्य बजार क्षेत्र र आसपास लाई समेटेर सहभागीहरुले प्रश्न गर्नुभयो ।

नेकपा माओवादी का नेता चन्द्र बहादुर थापा,गल्याङ उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष इन्द्र अधिकारि, स्थानीय केशवराज न्यौपाने, गल्याङ एफ एम का अध्यक्ष सूर्यप्रसाद चापागाइँ,स्थानीय समाजसेवीहरु महेन्द्र श्रेष्ठ,चन्द्रबहादुर रखाली,गल्याङ बहुमुखी क्याम्पसका अध्यक्ष लक्ष्मण भट्टराई,चेम्बर अफ कमर्शका अध्यक्ष गङ्गा श्रेष्ठ, लगाएतले गल्याङ बजार खेल मैदान र सडकको बारेमा प्रश्नहरु सङ्गै सुझाव समेत दिनुभएका थियो।

त्यस्तै पत्रकार नारायण बिश्वकर्मा,उदयराज भण्डारी कुलबहादुर थापा,दिपेन्द्र राना लगायतले खानेपानीसँगै स्वास्थ्य बिमाको व्यवस्था लगाएतका बिषयमा प्रश्न गर्नुभयो भने उक्त कार्यक्रम मा डिल्लिराम भण्डारी,कमल प्रसाद डुम्रे,गिता भट्टराई,पत्रकार केपि खनाल लगाएतले पनि नगरको चुस्तताका लागि शुझाब समेत दिनुभएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले प्रवाह भइरहेको सेवाका विषयमा जानकारी गराउनुभएको थियो ।

गत साउनदेखि पुससम्म वडागत तथा ‘नगरपालिका कार्यालय र विषयत इकाइले सेवा प्रवाहलाई सरलीकरण गर्दै लगेका छन्,’ उहाले भन्नुभयो, ‘कार्यसम्पादन क्षमता आगामी दिनमा अझ बढ्छ ।’ नगरप्रमुख गुरु प्रसाद भट्टराईले नगरपालिकाले गत आर्थिक वर्षमा भन्दा चालु वर्ष उल्लेखनीय काम गरेको दाबी गर्दै शिक्षा,स्वास्थ्य र खानेपानीको समस्यालाई दीर्घकालीन रूपमा समाधानका लागि काम गर्छौं,’ उहाले भन्नुभयो, ‘शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताका विषयमा नगरपालिकाले योजना बनाएर काम थालेको छ ।’ केन्द्र सरकारसँग विकासका ठूला योजना माग गर्ने भन्दै उहाले संघीयताको नयाँ संरचनाअनुसार स्थानीय सरकारको काम गराइमा गति बढ्न समय लाग्ने समेत बताउनुभयो।

सहभागीलाई स्वागत गर्दै नगर उपप्रमुख हेमा न्यौपानेले स्थानिय सरकारको मर्म र भावनालाई पालना गरेर आफुहरु लागिरहेको हुदा यसमा सबैको रचनात्मक सुझावको अपेक्षा समेत गरेको बताउनुभयो ।

नगर प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा संचालित कार्यक्रमको सहजीकरण हिमलाल भण्डारीले गर्नुभएको थियो।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago