काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वल्डलिङक’लगायतका कम्पनीहरुले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै सबै टिकटक बन्द हुने जानकारी दिए।
इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटर संस्थालाई पत्राचार भइसकेकाले छिट्टै टिकटक बन्द हुने प्राधिकरणको विश्वास छ।
टिकटक बन्द गरेकोबारे टिकटकको मुख्यालयलाई पनि खबर गरिएको जनाइएको छ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…