सुदन किराँतीको मन्त्री पद तत्कालका लागि यथावत

काठमाडौँ – तत्कालका लागि पर्यटनमन्त्री सुदन किराँतीको पद यथावत रहने भएको छ।

बालुवाटारमा बसेको माओवादीको पदाधिकारीको बैठकले अहिले आफ्नो तर्फबाट सरकारमा सहभागी सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई मात्रै फिर्ता बोलाउने निर्णय गरेको हो।

सचेतक हितराज पाण्डले भने, ‘अहिलेका लागि पार्टीले एक जना मात्रै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।’

किराँतीलाई पनि फिर्ता बोलाएर माओवादीबाट माधव सापकोटा, महिन्द्र बहादुर शाही र हितबहादुर तामाङमध्ये एक जनालाई मन्त्री बनाउने तयारी भए पनि पदाधिकारी बैठकले मोदीलाई फिर्ता गर्ने मात्रै निर्णय गरेकोे हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टीबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाएर जनमत पार्टीकी अनितादेवि शाहलाई मन्त्री बनाउन लागेका छन्।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago