जापानका रविन शेरचनले जन्मदिनको अवसर पारेर आईसिसि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे ।

जापान । गैरआवसीय नेपाली संघ (एनआरएनए) आईसिसिको आगामी कार्यकालका लागि हुने निर्वाचनमा जापानका रविन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

“सक्षम नेतृत्व एक ढिक्का एनआरएनए” भन्ने नारा सहित सबै अट्ने राम्रो र हाम्रो एनआरएनए बनाउने प्रमुख उद्देश्य लिएर जापानका ब्यवसायी शेरचनले उम्मेदवारी घोषणा गरेका हुन ।

विहिबार टोकियोमा शुभचिन्तकहरु माझ जन्मदिन मनाएका शेरचनले आन्तरिक तयारी एवं साथि शुभचिन्तकको आग्रहमा आईसिसीमा जांदा देश विकासमा थोरै भएपनि टेवा दिने र एनआरएनएमा केहि मात्रमा भएपनि राम्रो गर्न सकिने हुदा नेतृत्वमा बसेर नै एनआरएन अभियानलाई एकता र सबैको साझा बनाउन भुमिका खेल्ने आफुले उम्मेदवारी दिएको बताउनु भयो । 

लामो समय जापानमा बसि ब्यवसाय र समाजसेवामा सक्रिय शेरचन जापानमा रहेका नेपालीहरु विच सरल, सहयोगि र परिचय बनाएका छन । 

को हुन रविन शेरचन :-

सन् १९९८ मा उच्च शिक्षाको लागी अध्ययनका शिलशिलामा जापान प्रवेश गरेका रविन शेरचन टोकियोमा रहेका नेपालीहरू माझ होटल तथा रेष्टुरेण्ट व्यवसायमा स्थापित नाम हो । दुई दशक भन्दा लामो कडा मेहनत र निरन्तरको लगावले जापानमा नेपाली र जापानी समाजमा चिरपरिचित सफल व्यवसायीका रूपमा उनले परिचय बनाएका छन ।

बिगत दुई दशक यता जापानमा संध-संस्था तथा कम्पनिहरूले आयोजना गर्ने बिभिन्न संस्कृतीक कार्यक्रमहरू सफल पार्न, नेपालमा हुने प्रकृतिक बिपत्तीमा आर्थीक सहयोग गर्न, आपत बिपदमा परेका नेपालीहरू लाई आबश्यक सहयोग गर्ने प्रमुख सहयोगी दाताका रूपमा समेत रबिन शेरचनलाई सबैले पहिलो प्राथमिक सुचिमा राख्ने गर्दछन् ।समग्रहमा भन्नुपर्दा उनी जापानमा रहेका नेपाली समाजको आर्थिक पक्ष बलियो पार्ने शसक्त बनाउने ब्यक्ति तथा सबैको प्रेरणाका स्रोत हुन ।

संघसंस्था हुन् वा आपत-बिपतका काम सँधै आफ्नो थैली खोलेर मनग्य सहयोग गरेपनि संस्थागत छवि उँचो नलाग्ने तर सहयोग जारी राख्नुपर्ने विषयमा शेरचनले आफ्नो मन केही समययता खड्कदै आएको बताए ।’अब संस्थाहरुले सहयोग बटुलेर बाँड्ने मात्र होईन आफै सक्षम संस्था निर्माणमा लाग्नुपर्छ भन्ने अनुभुति भएपछि एनआरएनए आईसीसीको उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको‘ शेरचनको भनाई छ ।

गैर आवासिय नेपाली संघ जापानको सल्लाहकार शेरचनले यसअघि मानार्थ सदस्यमा रहेर आफ्नो भूमिकानिर्वाह गरेका उनले आईसीसी सदस्य पछि आईसिसी उपाध्यक्षमा उम्मेदवारी दिन धेरै देशका साथीहरुबाट अनुरोध आएकोले आफूले तयारी गरेको बताए ।

नेपाल र जापानमा व्यवसायमा लगानी गरिरहेका शेरचनले जापानमा नेपाली, जापानी, ईटालीयन एवं ईन्टर कन्टीनेन्टल रेष्टुरेन्ट व्यवसाय संचालन गरिरहेका छन । हाल शेरचनको कम्पनीमा करिब २ सय नेपाली एवं एक सय जापानी नागरिकलाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन ।

गैरआवसीय नेपाली संघ (एनआरएनए) आईसिसिको  आगमी अधिवेशन अक्टोबरमा नेपाल हुने छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago