जापानका रविन शेरचनले जन्मदिनको अवसर पारेर आईसिसि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे ।

जापान । गैरआवसीय नेपाली संघ (एनआरएनए) आईसिसिको आगामी कार्यकालका लागि हुने निर्वाचनमा जापानका रविन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

“सक्षम नेतृत्व एक ढिक्का एनआरएनए” भन्ने नारा सहित सबै अट्ने राम्रो र हाम्रो एनआरएनए बनाउने प्रमुख उद्देश्य लिएर जापानका ब्यवसायी शेरचनले उम्मेदवारी घोषणा गरेका हुन ।

विहिबार टोकियोमा शुभचिन्तकहरु माझ जन्मदिन मनाएका शेरचनले आन्तरिक तयारी एवं साथि शुभचिन्तकको आग्रहमा आईसिसीमा जांदा देश विकासमा थोरै भएपनि टेवा दिने र एनआरएनएमा केहि मात्रमा भएपनि राम्रो गर्न सकिने हुदा नेतृत्वमा बसेर नै एनआरएन अभियानलाई एकता र सबैको साझा बनाउन भुमिका खेल्ने आफुले उम्मेदवारी दिएको बताउनु भयो । 

लामो समय जापानमा बसि ब्यवसाय र समाजसेवामा सक्रिय शेरचन जापानमा रहेका नेपालीहरु विच सरल, सहयोगि र परिचय बनाएका छन । 

को हुन रविन शेरचन :-

सन् १९९८ मा उच्च शिक्षाको लागी अध्ययनका शिलशिलामा जापान प्रवेश गरेका रविन शेरचन टोकियोमा रहेका नेपालीहरू माझ होटल तथा रेष्टुरेण्ट व्यवसायमा स्थापित नाम हो । दुई दशक भन्दा लामो कडा मेहनत र निरन्तरको लगावले जापानमा नेपाली र जापानी समाजमा चिरपरिचित सफल व्यवसायीका रूपमा उनले परिचय बनाएका छन ।

बिगत दुई दशक यता जापानमा संध-संस्था तथा कम्पनिहरूले आयोजना गर्ने बिभिन्न संस्कृतीक कार्यक्रमहरू सफल पार्न, नेपालमा हुने प्रकृतिक बिपत्तीमा आर्थीक सहयोग गर्न, आपत बिपदमा परेका नेपालीहरू लाई आबश्यक सहयोग गर्ने प्रमुख सहयोगी दाताका रूपमा समेत रबिन शेरचनलाई सबैले पहिलो प्राथमिक सुचिमा राख्ने गर्दछन् ।समग्रहमा भन्नुपर्दा उनी जापानमा रहेका नेपाली समाजको आर्थिक पक्ष बलियो पार्ने शसक्त बनाउने ब्यक्ति तथा सबैको प्रेरणाका स्रोत हुन ।

संघसंस्था हुन् वा आपत-बिपतका काम सँधै आफ्नो थैली खोलेर मनग्य सहयोग गरेपनि संस्थागत छवि उँचो नलाग्ने तर सहयोग जारी राख्नुपर्ने विषयमा शेरचनले आफ्नो मन केही समययता खड्कदै आएको बताए ।’अब संस्थाहरुले सहयोग बटुलेर बाँड्ने मात्र होईन आफै सक्षम संस्था निर्माणमा लाग्नुपर्छ भन्ने अनुभुति भएपछि एनआरएनए आईसीसीको उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको‘ शेरचनको भनाई छ ।

गैर आवासिय नेपाली संघ जापानको सल्लाहकार शेरचनले यसअघि मानार्थ सदस्यमा रहेर आफ्नो भूमिकानिर्वाह गरेका उनले आईसीसी सदस्य पछि आईसिसी उपाध्यक्षमा उम्मेदवारी दिन धेरै देशका साथीहरुबाट अनुरोध आएकोले आफूले तयारी गरेको बताए ।

नेपाल र जापानमा व्यवसायमा लगानी गरिरहेका शेरचनले जापानमा नेपाली, जापानी, ईटालीयन एवं ईन्टर कन्टीनेन्टल रेष्टुरेन्ट व्यवसाय संचालन गरिरहेका छन । हाल शेरचनको कम्पनीमा करिब २ सय नेपाली एवं एक सय जापानी नागरिकलाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन ।

गैरआवसीय नेपाली संघ (एनआरएनए) आईसिसिको  आगमी अधिवेशन अक्टोबरमा नेपाल हुने छ ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago