जापान । जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदीले जापानको नेपाली समाज संगठित, समृद्धि र अनुकरणीय रहेको बताउनु भएको छ ।
टोकियोमा आइतबार नेपाल पत्रकार महासंघ जापान शाखाको १२औं वार्षिक उत्सव कार्यक्रम जापानका लागि नेपाली राजदूत डा. सुवेदीले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु हुँदै दूतावासको टेलीकमको समस्याको समाधान छिट्टै हुने बताउनु भयो ।
कार्यक्रममा सम्बोधन गर्नेक्रममा राजदूत डाक्टर सुवेदीले जापानको नेपाली समाज विश्वका नेपाली समुदाय भन्दा संगठित र अनुकरणीय रहेको बताउनु हुँदै आफ्नो नेतृत्वको नेपाली दूतावासमा भ्रष्टाचार हुन दिन्न र नहुने जिकिर गर्नु भयो ।
कार्यक्रमकै बीचमा राजदूत डा. सुवेदीले जापानको संचारकर्मले जापानी र नेपाली समाजको पुलको रूपमा काम गरिरहेको बताउनु भएको छ । पत्रकार महासंघ र यहाँको नेपाली संचारकर्मले नेपाली कला, संस्कार र संस्कृतिलाई जोगाउन टेवा पूर्याएको छ । जापानको नेपाली पत्रकारिताले दूतावासको कामलाई नेपाली समुदायमा पूर्याउन उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गर्नु भयो।
उक्त समारोहमा पत्रकार महासंघ जापानले १२ वर्ष पुरा गरि १३ वर्ष लागेको अवसरमा संस्थापकहरुलाई मायाको चिनो प्रदान गरि सम्मान गरेको थियो ।
सो स्थापना दिवस विशेष कार्यक्रमको अवसरमा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेल, एसिया प्याशिफिक उपसंयोजक ददिवल खड्का, पत्रकार महासंघका संस्थापक सभापति तिलक मल्ल, एनआरएनए आइसीसी उपाध्यक्ष रथा महासंघका संस्थापक सल्लाहकार भूषण घिमिरे, जनसम्पर्क समिति जापानका सभापति रोशन केसी, प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल, अन्तर्राष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष प्रकाश केसी लगाएत व्यक्तित्वहरुले शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा जापानमा रहेका सक्रिय नेपाली पत्रकार, नेपाली दूतावास, एनआरएनए र विभिन्न नेपाली संघ-संस्थाको नेतृत्वको उपस्थितिमा संस्थापकहरुलाई माया चिनो प्रदान, शुभकामना आदान-प्रदान र चियापान गरेको थियो ।
पत्रकार महासंघ जापान शाखा सन् २०११ मार्च १३ तारिख जापानको राजधानी टोकियोमा पत्रकार तिलक मल्लको सभापतित्वमा स्थापना भएको थियो ।
उक्त शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रम महासंघका सचिव राजन गौतमले संचालन गरि उपाध्यक्ष इन्द्रा खनालले स्वागत मन्तव्य र अध्यक्ष शान्त पहरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…