ओलीवाद हावी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा: घनश्याम भुसाल

काठमाडौँ – माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता घनश्याम भुसालले ओलीवाद हावी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको दाबी गरेका छन्।

शुक्रबार काठमाडौँमा एक कार्यक्रमबीच एकीकृत समाजवादी प्रवेश गरेका उनले ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हावी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको बताएका हुन्।

नेता भुसालले ओलीले राज्य र पार्टीलाई आफ्नो नोकर ठान्ने सिद्धान्त लिएको, सर्वत्र मै हुँ भन्ने विचार लिएको तथा सौराहा काण्डलाई नै संगठन ठान्ने नीति लिएको समेत टिप्पणी गरे। आफूले यसो भन्दै आएको र यसमा कसैले पनि बहस गर्न नसेकेको उनको भनाइ थियो। नेता भुसालले निर्वाचनमा आफूलाई ओलीले उम्मेदवार नबनाउने कुरा थाहा भएको उल्लेख गर्दै आफ्नो निर्वाचन क्षेत्रमा राप्रपाका दिपक बोहोरालाई उम्मेदवार बनाएपछि सो पार्टी परित्याग गर्नुपरेको स्पष्टीकरणसमेत दिए।

उनले भने, ‘ओलीवाद, ओली विचार, ओली सिद्धान्त, ओली संगठन कस्तो हुन्छ भन्दा सौराह काण्डमा जे गरियो, त्यस्तै संगठन हुन्छ। सिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन्। यो उहाँको सिद्धान्त रह्यो। विचार के हो भन्दा सर्वत्र म। बस् यो विचार हो। यो सिद्धान्त हो, संगठन हो। यो ज्ञानमाथि, विज्ञानमाथि, तर्कमाथि, प्रमाणमाथि ओलीवाद हाबी भएका कारणले आज कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गयो।’

‘अहिले जुन जनताको बहुदलीय जनवाद भनिरहेको छ, त्यो मदन भण्डारीको नामको जनताको बहुदलीय जनवादको नाममा हिजोको व्याज लगाएर खुद खाने बाटो मात्रै हो। त्यो जनताको बहुदलीय जनवाद भनेको म दावाका साथ भन्छु– कसैले एकपेज राम्रो सिद्धान्त र इतिहासको प्रकाशमा जनताको बहुदलीय जनवादको कसैले एकलाइन लेखेको छैन। त्यो पल्टन जनताको बहुदलीय जनवादी हुँ भनेर हिँड्छ,’ उनले भने।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago