सन्दीप लामिछाने थुनामुक्त भएका छन् (तस्बिरहरू)

बलात्कार आरोप लागेका क्रिकेटर कप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन्। शुक्रबार दिउँसो केन्द्रीय कारागार सुन्धाराबाट उनी २० लाख रूपैयाँ धरौटी बुझाएर स-शर्त रिहा भएका हुन्।

जिल्ला अदालत काठमाडौंमा आवश्यक प्रक्रिया पुर्‍याएपछि उनी उनी थुनामुक्त भएर आफ्नै निजी सवारीमा घर गएको जेलर ईश्वरीप्रसाद पाण्डेले सेतोपाटीलाई जानकारी दिए। उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई बिहिबार धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो।

जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरूद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइमा धरौटीमा लिएर थुनामुक्त गर्न आदेश गरेको हो। उच्च अदालत पाटनले दिएको आदेश पालना गर्ने प्रतिवद्धतासहित उनलाई शुक्रबार दिउँसो थुनामुक्त गरिएको हो। उनले अबको कानूनी प्रक्रिया बाहिरबाटै लड्नेछन्।

सन्दीपलाई धरौटीमा छोड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न पनि निषेध गरेको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago