पाल्पा । अचानोमा राखेर आफ्नै आमालाई तरबारले काट्ने धम्कि दिने छोरा पक्राउ परेका छन । रिब्दीकोट गाउँपालिका वडा नं. ३ खस्यौलीका २४ वर्षिय हिरा बहादुर दर्लामी लाई प्रहरीले पक्राउ गरेको हो ।
दर्लामिले आफ्नो आमा चित्र कुमारी दर्लामीलाई अस्लिल गाली गलौच सहित तरबारले अचानोमा राखी काट्ने भनेर तरबार निकाली तयारी भई धाक धम्की दिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटनास्थलबाट तरबार र काठको अचानो सहित हिराबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको पाल्पा प्रहरीले जनाएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…