भूकम्पपीडितलाई गोल्डस्टारद्वारा १० हजार थान जुत्ताचप्पल सहयोग

२०८०, २६ कार्तिक आईतवार २०:२२

काठमाडौँ – गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ।

कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पल सहयोग गरेको विज्ञप्तिमार्फत जनाएको छ।

कम्पनीका कार्यकारी निर्देशक विदुषी राणाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई थप सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बता‍इन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु