कुकुर तिहारको दिन रोटर्याक्ट बिर्तामोडले बिर्तामोडमा सडक कुकुरलाई खाना

रोटर्याक्ट बिर्तामोडले बिर्तामोडमा सडक कुकुरलाई खाना खुवाउने कार्यक्रममा अनारमणी सामाजिक युवा क्लब, इलाइट युथ क्लब (बट्टारे), र बिर्तामोड वडा ०३ को सहयोग गरेको थियो ।

कुकुर तिहारको अवसरमा स्थानीय कुकुरको सम्मान र हेरचाह गर्ने उद्देश्यले यो सहकार्य गरि खाना खुवाएको छ। आज तिहारको दोस्रो दिन- कुकुर तिहार । आज कुकुरलाई मिठो खानेकुरा दिएरमाला लगाई दिने र पूजा गर्ने गरिन्छ ।

कुकुर स्वामीभक्त र इमान्दार प्राणी भएकाले यसको आज सवैले पूजा गरेका हुन् । कुकुरले आफु आश्रय लिएको घरको सँधै देखभाल र खासगरी रात्री समयमा सचेततापूर्वक सूरक्षा प्रदान गर्दछ । त्यस्तै अन्य हिंस्रक जीवजन्तु, चोर, लुटेराहरुबाट धनमाल र घर मालिकको सूरक्षा गर्दछ ।

चाणक्य नीतिमा कुकुर धेरै खान सक्ने जनावर भएर पनि थोरै खाएर सन्तुष्टि लिनसक्ने, चिर निन्द्रामा नपरि तुरुन्तै ब्युँझन सक्ने, घ्राणशक्ति तेज भएको, सुरो र अत्यन्तचनाखो प्राणी भनेर उल्लेख गरिएको छ ।

धार्मिक ग्रन्थहरु अनुसार कुकुर यमराजको द्वारपाल हो । कुकुर तिहारका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नाम गरेका कुकुरले यमलोक जाँदाबाटो छाडिदिने धार्मिक विश्वास रहेको छ ।

महाभारत पुराणको कथा अनुसार धर्मराज युधिष्ठिरले आफू स्वर्ग जाँदा संगै कुकुरलाई पनि लगेको उल्लेख गरिएको छ । कार्यक्रम बाप्पा शाहको संयोजकत्वमा भएको थियो।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago