रोटर्याक्ट बिर्तामोडले बिर्तामोडमा सडक कुकुरलाई खाना खुवाउने कार्यक्रममा अनारमणी सामाजिक युवा क्लब, इलाइट युथ क्लब (बट्टारे), र बिर्तामोड वडा ०३ को सहयोग गरेको थियो ।
कुकुर तिहारको अवसरमा स्थानीय कुकुरको सम्मान र हेरचाह गर्ने उद्देश्यले यो सहकार्य गरि खाना खुवाएको छ। आज तिहारको दोस्रो दिन- कुकुर तिहार । आज कुकुरलाई मिठो खानेकुरा दिएरमाला लगाई दिने र पूजा गर्ने गरिन्छ ।
कुकुर स्वामीभक्त र इमान्दार प्राणी भएकाले यसको आज सवैले पूजा गरेका हुन् । कुकुरले आफु आश्रय लिएको घरको सँधै देखभाल र खासगरी रात्री समयमा सचेततापूर्वक सूरक्षा प्रदान गर्दछ । त्यस्तै अन्य हिंस्रक जीवजन्तु, चोर, लुटेराहरुबाट धनमाल र घर मालिकको सूरक्षा गर्दछ ।
चाणक्य नीतिमा कुकुर धेरै खान सक्ने जनावर भएर पनि थोरै खाएर सन्तुष्टि लिनसक्ने, चिर निन्द्रामा नपरि तुरुन्तै ब्युँझन सक्ने, घ्राणशक्ति तेज भएको, सुरो र अत्यन्तचनाखो प्राणी भनेर उल्लेख गरिएको छ ।
धार्मिक ग्रन्थहरु अनुसार कुकुर यमराजको द्वारपाल हो । कुकुर तिहारका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नाम गरेका कुकुरले यमलोक जाँदाबाटो छाडिदिने धार्मिक विश्वास रहेको छ ।
महाभारत पुराणको कथा अनुसार धर्मराज युधिष्ठिरले आफू स्वर्ग जाँदा संगै कुकुरलाई पनि लगेको उल्लेख गरिएको छ । कार्यक्रम बाप्पा शाहको संयोजकत्वमा भएको थियो।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…