नेपाली बजारमा आयो ‘बीवाईडी डल्फिन’, मूल्य ३९ लाख ८० हजार

काठमाडौं । नेपाली बजारमा नयाँ विद्युतीय गाडी  ‘बीवाईडी डल्फिन’  सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रम गर्दै नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले यो गाडी सार्वजनिक गरेको हो ।

४२९० एमएम लम्बाइ, १७७० एमएम चौडाइ र १५७० एमएम उचाइ रहेको वीबाईडी डल्फिनको ह्विलबेस २७७० एमएम रहेको छ । यसमा ७० किलोवाट क्षमताको ब्याट्री दिइएको छ ।

इलेक्ट्रिक प्लेटफर्म ३.० मा निर्माण गरिएको यो गाडीमा ब्लेड ब्याट्री प्रविधि राखिएको छ । ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री भएको यो गाडीले एक पटकको चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

यसको टर्क १६० एनएम रहेको छ । कम्पनीका अनुसार बीवाईडी डल्फिनलाई ५० मिनेटमा शून्यदेखि ६० प्रतिशत चार्ज गर्न सकिन्छ । यसमा चार ओटा ड्राइभिङ मोड दिइएको छ ।

कम्पनीका अनुसार यसमा ३४५ लिटरदेखि १३१० लिटरसम्म बुटस्पेस छ । १२.८ इन्च एडप्टिभ रोटेटिभ मल्टिमिडिया कारप्याड छ । त्यसैगरी यसमा ३६० डिग्री होलोग्राफिक ट्रान्सप्यारेन्ट इमेजिङ सिस्टम पनि दिइएको छ ।

नेपाली बजारमा यो गाडी माल्दिभ पर्पल (Maldive Purple), कोरल पिङ्क (Coral PInk), अर्वान ग्रे (Urban Grey) र स्यान्ड ह्वाइट (Sand White) कलर भेरियन्टमा खरिद गर्न सकिनेछ ।

टायर प्रेसर मनिटरिङ सिस्टम (टीपीएमएस), ब्लुटुथ स्पिकर डिर्‍याक (DIRAC) अडियो, एनएफसी कार्ड की, पीएम २.५ एयर फिल्टर, ट्रयाक्सन कन्ट्रोल सिस्टम बीवाईडी डल्फिनका अन्य आकर्षक विशेषता हुन् ।

गाडीको अगाडिपट्टि भेन्टिलेटेड डिस्कब्रेक राखिएको छ भने पछाडि डिस्क ब्रेक राखिएको छ । गाडीलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पिडमा कुदाउन १२.३ सेकेन्ड लाग्ने कम्पनीको दाबी छ ।

यसका विभिन्न पाटपूर्जामा आठ वर्ष वा एक लाख ६० हजार किलोमिटर वारेन्टी दिने कम्पनीले जनाएको छ । गाडीको सुरुवाती मूल्य नेपाली बजारमा ३९ लाख ८० हजार तोकिएको छ ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago