नेपाली बजारमा आयो ‘बीवाईडी डल्फिन’, मूल्य ३९ लाख ८० हजार

काठमाडौं । नेपाली बजारमा नयाँ विद्युतीय गाडी  ‘बीवाईडी डल्फिन’  सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रम गर्दै नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले यो गाडी सार्वजनिक गरेको हो ।

४२९० एमएम लम्बाइ, १७७० एमएम चौडाइ र १५७० एमएम उचाइ रहेको वीबाईडी डल्फिनको ह्विलबेस २७७० एमएम रहेको छ । यसमा ७० किलोवाट क्षमताको ब्याट्री दिइएको छ ।

इलेक्ट्रिक प्लेटफर्म ३.० मा निर्माण गरिएको यो गाडीमा ब्लेड ब्याट्री प्रविधि राखिएको छ । ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री भएको यो गाडीले एक पटकको चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

यसको टर्क १६० एनएम रहेको छ । कम्पनीका अनुसार बीवाईडी डल्फिनलाई ५० मिनेटमा शून्यदेखि ६० प्रतिशत चार्ज गर्न सकिन्छ । यसमा चार ओटा ड्राइभिङ मोड दिइएको छ ।

कम्पनीका अनुसार यसमा ३४५ लिटरदेखि १३१० लिटरसम्म बुटस्पेस छ । १२.८ इन्च एडप्टिभ रोटेटिभ मल्टिमिडिया कारप्याड छ । त्यसैगरी यसमा ३६० डिग्री होलोग्राफिक ट्रान्सप्यारेन्ट इमेजिङ सिस्टम पनि दिइएको छ ।

नेपाली बजारमा यो गाडी माल्दिभ पर्पल (Maldive Purple), कोरल पिङ्क (Coral PInk), अर्वान ग्रे (Urban Grey) र स्यान्ड ह्वाइट (Sand White) कलर भेरियन्टमा खरिद गर्न सकिनेछ ।

टायर प्रेसर मनिटरिङ सिस्टम (टीपीएमएस), ब्लुटुथ स्पिकर डिर्‍याक (DIRAC) अडियो, एनएफसी कार्ड की, पीएम २.५ एयर फिल्टर, ट्रयाक्सन कन्ट्रोल सिस्टम बीवाईडी डल्फिनका अन्य आकर्षक विशेषता हुन् ।

गाडीको अगाडिपट्टि भेन्टिलेटेड डिस्कब्रेक राखिएको छ भने पछाडि डिस्क ब्रेक राखिएको छ । गाडीलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पिडमा कुदाउन १२.३ सेकेन्ड लाग्ने कम्पनीको दाबी छ ।

यसका विभिन्न पाटपूर्जामा आठ वर्ष वा एक लाख ६० हजार किलोमिटर वारेन्टी दिने कम्पनीले जनाएको छ । गाडीको सुरुवाती मूल्य नेपाली बजारमा ३९ लाख ८० हजार तोकिएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago